भिभो भी२५ सिरिजः उत्कृष्ट क्यामेरा विशेषताका साथ परिष्कृत एवं आकर्षक स्मार्टफोन

३१ असोज,काठमाडौं । हामी उत्साहपूर्वक व्यक्तिगत रूपमा आफूलाई अभिव्यक्त गर्न, अरुभन्दा भिन्न पहिचान बनाउँन र अरुको स्मरणमा रहने विभिन्न तरिकाहरू खोज्छौं । बढ्दो जागरूकता र आफ्नो पहिचान बनाउने दृढताको साथ युवा पुस्ताहरू आफूलाई आफूले चाहेको तरिका व्यक्त गर्न प्रतिबद्ध छन् । तसर्थ स्मार्टफोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन, र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नविनतम टेक्नोलोजीमा केन्द्रित हुनु बहु–आयामी हो । त्यसैले, एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले आजका युवाहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासहरूमा सशक्त बनाउन आफ्नो आविष्कारहरू समर्पित गर्दै आइरहेको छ । भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केही नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाइएको छ । त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् ।
भिभो भी२५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ । भिभो भी२५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथ स्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउँदछ ।
नयाँ भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी२५ फाइभजी र भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्दछ । पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ र प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ । भी२५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तै भी२५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । भी२५ई मा ३२एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभो भी२५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ ।
भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४५०० एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ ।  भी२५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्– भी२५ फाइभजी मा मिडियाटेक डाइमेन्सटी ९०० प्रोसेसर छ र भी२५ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड र्याम ३.० रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।
भिभोका स्मार्टफोनहरू भव्य डिजाइन, उत्कृष्ट कार्यसम्पादन र अनुपम शक्तिका पाउँन सकिन्छ । यसले नवीनतम आविष्कारहरूद्वारा स्मार्टफोन बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी२५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै यस यात्रामा अर्को कोसेढुङ्गा बन्ने प्रतिज्ञा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने