भण्डारीको प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’

nepalmai-sakinxa-768x510काठमाडौं –टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु समेटेर लेखिएको पुस्तक नेपालमै केही गर्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री भएको बताए ।
सकारात्मक सोच, नयाँ विचार तथा उद्यमशीलता सम्बन्धी टिप्स समेटेर तयार गरिएको पुस्तकले जो कोहीमा आत्मविश्वास जगाउँने भन्दै उद्यमी कर्ण शाक्य तथा समाजसेवी उत्तम सञ्जेलले सकारात्मक सोचका पुस्तकहरु बजारमा आउँनु खुशीको कुरा रहेको बताउदै यस किसिमको पुस्तक ल्याएकोमा भण्डारीलाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै “सम्भव छ” अभियानका व्यवस्थापक डिल्ली तुलाधरले नेपालमा केही हुँदैन, केही गर्न सकिदैन भन्ने मानसिकता समाजमा रहेकाले सकारात्मक अभियानहरुको आवश्यकतमा जोड दिए ।
“नेपालमै सकिन्छ” पुस्तक अघि प्रेरणादायी पुस्तक “सम्भव छ” लेखिसकेका भण्डारीको यो पुस्तकमा उद्यमशीलता सम्बन्धी टीप्स, डिभी÷पिआर छोडेर नेपाल फर्किएका तथा मास्टर्स डिग्री सकेर सानातिना व्यवसाय मार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय व्यक्तिहरुका सन्दर्भ समेटिएको छ । जयकाली प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय रुपैंयाँ रहेको छ । बिमोचन भएसँगै पुस्तक बजारमा गएको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको