April 21, 2020

बैंकमा समस्या आए सहकारीलाई पनि असर गर्ने

सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले कोरोना भाइरस संक्रमण र सरकारले गरेको लकडाउनले बैंकिङ क्षेत्रमा समस्या आएमा सहकारी क्षेत्रलाई पनि असर गर्ने बताएका छन्।

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी नगरी वाणिज्य बैंकमा निक्षेप राखेकाले बैंकको अवस्थाले सहकारीहरु प्रभावित हुने उनको भनाइ छ।

नेपाल सहकारी पत्रकार समाजले गरेको भिडीयो कन्फ्रेरेन्समा रजिष्टार पाण्डेले भने ‘अहिले सहकारीको पैसा सहकारीमा छैन, वाणिज्य बैंकमा छ, बैंक समस्यामा पर्दा सहकारी पनि समस्यामा पर्छन।’

सहकारीका सदस्यहरुले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने बाताबरण बनाउनु पर्ने उनले बताए।

रजिष्टार पाण्डेले सहकारी अभियानलाई बजेटमा समावेश गर्न आवश्यक सुझाव दिन पनि आग्रह गरेका छन्। उनले भने, ‘सहकारीलाई पनि राज्यले बैंकलाई दिएको जस्तो सेवा आवश्यक पर्ने भएकोले त्यस्तो सुझाव दिनुपर्छ।’

रजिष्टार पाण्डेले आगामी दिनमा सहकारी क्षेत्रले पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताए। ‘उक्त विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पनि पेश गरेका छौं। अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा नदिने हो भने सहकारीमा तरलताको चरम अभाव हुनेछ’ उनले भने।

उनले अहिलेको अवस्थालाई अवसरको रुपमा लिन आग्रह गर्दै आगामी दिनमा प्रविधिमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताए।

छलफलमा सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले कोरोनाका कारण कृषि क्षेत्रमा निकै असर परेको बताए। कोल्ड स्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर गएको बताए।

अध्यक्ष कंडेलका अनुसार मौरीबाट ५ करोड क्षती भएको, ८ लाख मालिक मौरीसँग दौडन नसकेर मह मौरीले नै खाँदा ५ करोड क्षती भएको सहकारीबाट संकलन भएको ६ लाख लिटर दुधमा ३ लाख खेर गएको, चीयामा ६ करोड रुपैयाँ क्षति भइसकेको जानकारी गराए।

उनले सहकारी संस्थाहरुले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने बताए।

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताए।  उनले अबका दिनका सहकारी संस्थाहरु पूर्ण रुपमा प्रविधिमैत्री बन्नु पर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने