January 16, 2020

बेल्जियमकी राजकुमारी किन आउँदैछिन् नेपाल?

यूरोपेली मुलुक बेल्जियमकी राजकुमारी अस्ट्रिद एक हप्ता लामो नेपाल भ्रमणमा आउँदैछिन्। उनले एक हप्ता नेपालमा बस्दा समाज सेवा गर्नेछिन्। उनी पर्यटक अथवा राजनीतिक भ्रमणका लागि नेपाल आउन लागेकी होइनन्।

बेल्जियमका राजा फिलिपकी बहिनी हुन्। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन्। यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट्नेछिन्।

तर, पनि उनी नेपालमा रहँदा राजनीतिक भेटघाटमा भने रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राजकुमारी अस्ट्रिद यही जनवरी १९ मा नेपाल आइपुग्नेछिन्। जनवरी २५ सम्म नेपालमा रहँदा उनी सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनेछिन्।

परराष्ट्र स्रोतका अनुसार उनले यो अवधिमा कैलाली, चितवन र नवलपरासीसमेतको भ्रमण गर्नेछिन्। कैलालीमा राजकुमारी अस्ट्रिदले टीबी (क्षय रोग) सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा उनले कैलालीमा रहेका क्षय रोगका पीडितहरुलाई भेट्नेछिन्। उनले त्यहाँ कुष्ठ रोगका पीडितलाई पनि भेट्ने कार्यक्रम रहेको

कैलालीमा बल्जियमको एनजीओ डाइनिम फाउण्डेशनले क्षय रोग र कुष्ठ रोग सम्बन्धि काम गर्दै आएको छ। राजकुमारी अस्ट्रिद सो एनजीओको मानार्थ प्रमुखसमेत हुन्। उनले नवलपरासीको मिडप्वाइन्ट अस्पतालको समेत अवलोकन गर्नेछिन्। यहाँ सो एनजीओले क्षय रोगको मल्टि ड्रग रेसिस्टेन्ट (एमडीआर) विरामीलाई सहयोग गर्दै आएको छ। पटक पटक क्षय रोग दोहोरिनुलाई एमडीआर भनिन्छ। यो निकै घातकसमेत हुने गर्छ।

यतिमात्र होइन राजकुमारी अस्ट्रिद ल्याण्ड माइन विरोधी अभियन्तासमेत हुन्। उनी एन्टि ल्याण्ड माइन अभियानकी सदभावना दूतसमेत हुन्।

परराष्ट्रमन्त्रालयले राजकुमारी अस्ट्रिदको नेपाल भ्रमणले बेल्जियम र नेपालबीच द्वीपक्षीय सम्बन्धमा अझ विस्तार हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने