बिमा कम्पनीको चुक्ता पुँजी चार गुणा बढ्यो

beema_building-58e1b95978a974.18250707काठमाडौः बिमा समितिले बिमा कम्पनीको पुँजी चार गुणाले बढाएको छ । समितिको नयाँ मापदण्डअनुसार अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

अहिले जीवन र नीर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी क्रमशः ५० करोड र २५ करोड चुक्ता रुपैयाँ थियो । बिमा कम्पनीले नयाँ मापदण्ड अनुसारको पुँजी २०७५ असार मसान्तसम्ममा पुँजी पुर्‍याइसक्नु पर्नेछ । नयाँ बन्दै गरेको बिमा ऐनमा जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र नीर्जीवन बिमा कम्पनीको लागि चार अर्बको चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।

केही बिमा कम्पनीको नयाँ मापदण्डअनुसार जीवन बिमा कम्पनीको पुँजी पुगिसेकेको छ भने केहीको पुर्‍याउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमा भने सबैले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ । यस्तै समितिले नयाँ बिमा कम्पनी खोल्न चाहने र पुराना जसले कम्पनी सञ्चालनका लागि समितिको सहमती कुरेर बसेका छन् उसका लागि छुट्टै नीति बनाउने तयारी गर्ने भएको छ ।

अयक्ष चापागाईंले भने, ‘ ८र१० वर्ष पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेकालाई के गर्ने र नयाँ खोल्न चाहनेलाई के गर्ने भन्ने बारेमा नीति बनाउनेछ ।’ बजार अध्ययन गरिसकेपछि त्यसैका आधारमा नयाँ कम्पनीले प्रवेश पाउनेरनपाउने पत्ता लाग्ने उनले बताए । हाल बजारमा २७ वटा बिमा कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने