बालुवाटार बैठक रद्द, विमलेन्द्र निधीको टिकट ‘क्यान्सिल’

२८ चैत, काPrachanda-Address-to-People-1-768x447ठमाडौं । मधेसी मोर्चासँग संविधान संशोधनबारे छलफल गर्न सोमबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक रद्द भएको छ । मोर्चाका शीर्ष नेताहरु बालुवाटार जाने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सचिवालयले बैठक रद्द भएको सूचना दिएको हो ।

‘हामीलाई प्रधानमन्त्रीज्युले सोमबार बिहान १० बजे बालुवाटारमा बैठक बस्न आउनुहोला भन्नुभएको थियो’ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘तर, अकस्मात बैठक क्यान्सिल भएको सूचना आयो ।’

बैठक बोलाएर रद्द हुनुको कारणबारे आफूलाई जानकारी नभएको महतोले बताए । उनले भने- ‘किन क्यान्सिल भयो, थाहा भएन, अर्को बैठकको समय पनि तोकिएको छैन, कतै प्रधानमन्त्रीज्यूको काम परेर व्यस्त हुनुभयो होला ।’

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि नयाँ प्रस्ताव तयार पारेको बताउँदै त्यसबारे सहमति जुटाउन मोर्चाका नेताहरुसँग छलफल अघि बढाइरहेका छन् ।

यही सिलसिलामा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग आइतबार बेग्लाबग्लै छलफल गरेका थिए । सोमबार बिहान यसमा अन्तिम सहमति जुटाउने भन्दै प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्ने बताएका थिए ।

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्तावमा सोमबार नै सहमति जुटाउने र संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको चुनावी अभियानमा दाङमा छन् । एमाले अध्यक्ष केपी ओली बैंकक गएका छन् भने मोर्चाका नेता महन्थ ठाकुर पनि राजधानी बाहिर छन् ।

विमलेन्द्र निधीको टिकट ‘क्यान्सिल’

यसैवीच दाङमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा भाग लिन जान लागेका गृहमन्त्री विमलेन्द्र निधीको टिकट ‘क्यान्सिल’ भएको छ ।

गृहमन्त्री निधी सोमबार बिहान ९ बजेको विमानमा भैरहवा जान लागेका थिए । त्यहाँबाट दाङको चुनावी सभामा भाग लिने कार्यक्रम थियो ।

निर्वाचन आचारसंहिता अनुसार गृहमन्त्रीले त्यसरी पार्टीको चुनावी सभामा भाग लिन मिल्दैन ।

दाङको कार्यक्रममा जान लागेका गृहमन्त्री निधीलाई सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर काठमाडौं नछाड्न आग्रह गरे । मधेसी मोर्चासँग आजै छलफल गरेर संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनुपर्ने प्रधानमन्त्रीले गृहमन्त्री निधीको टिकट क्यान्सिल गराएका हुन् ।

गृहमन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो- ‘मन्त्रीज्यु एयरपोर्ट जानै लाग्नुभएको थियो, तर प्रधानमन्त्रीको फोन आएपछि भ्रमण रद्द गर्नुभयो ।’

उपप्रधानमन्त्रीको बरियता विवाद र आइजीपी विवादका कारण स्थगित हुँदै र सर्दै आएको मन्त्रिपरिषद बैठक सोमबार बस्ने बताइएको छ ।

प्रधानमन्त्रीले दिउँसो ३ बजे बैठकका लागि मन्त्रीहरुलाई खबर गरे पनि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास टुंगो लाग्न सकेको छैन । आजै यसको टुंगो लगाएर क्याबिनेटमा औपचारिक छलफल गर्ने र संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्रीको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने