बाग्लुङ नगरपालिकाको मेयरमा एमाले विजयी

४ जेठ, बाग्लुङ । बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् ।

मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् ।

 

यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११ हजार १ सय ८७ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शकुन्तला शर्माले ९ हजार ३१ मत प्राप्त गरेकी छिन् ।

बाग्लुङ नगरमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच गठबन्धन भएको थियो भने केही वडामा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरेको थियो । १४ वटा वडा रहेको बाग्लुङ नगरपालिकाका ११ वटा वडामा गठबन्धनले र तीन वटा वडामा कांग्रेसले जितेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने