प्रहरीको ढुकुटीमा मुख्यसचिवको मस्ती

somlal-subediकाठमाडौं । सरकारले पूर्वप्रहरीनिरीक्षक कुवेर सिंह राना अध्क्षयताको कार्यदल बनाएर संघीयतामा प्रहरीको संरचनासम्बन्धमा अध्ययन गरेको थियो । कार्यदलले प्रतिवेदन दिएको पनि ६ महिना भइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरेर त्यसलाई कार्यान्वयनमा लैजान ३ महिना अघि गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षता अर्को कार्यदल गठन भयो ।

 १५ दिन भित्र प्रतिवेदन दिन गरी उक्त कार्यदल गठन गरिएको थियो । तर,तीन महिनासम्म पनि प्रतिवेदन दिइएको छैन । बरु दुई साता अघि सोही कार्यदलका नाम प्रहरीको पैसामा मुख्यसचिव तथा गृहका अधिकारीहरुले घुमघाम र मस्ती गरेर राज्यको ढुकुटीमा मोजमस्ती गरेका छन् । अमेरिका क्यानाडाको संघीय प्रहरीको अध्ययन गर्ने भन्दै अनावश्यक ब्यक्तिहरु समेतले राज्यको ढुकुटीमा मस्ती गरेका छन् ।

 

दुई साता अघि मुख्यसचिव सोमलाल सुवेदी, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयका सहसचिवहरु यादव कोइराला, निर्मला अधिकारी, नेपाल प्रहरीका डीआईजी गणेश केशी लगायतका अधिकारी क्यानाडा र अमेरिका घुम्न गएका हुन् । उनीहरुको भ्रमण सबै खर्च नेपाल प्रहरीलाई सरकारले दिएको बजेटबाट गरिएको हो । भ्रमणमा करिब ३० लाख रुपैया खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित