प्रधानमन्त्री बनेपछि देउवाको पहिलो औपचारिक कार्यक्रम, के–के भने ?

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी माघ सात गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन एकतावद्ध भएर लागि पर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विहीबार नेपाल विद्यार्थी संघले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन परिचालनसम्बन्धि अभिमूखिकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रको लागि लडेको काँग्रेस सामू यसको सुदृढिकरण गर्ने जिम्मेवारी पनि आईपरेको उल्लेख गरे । देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीलाई विजयी बनाउने जिम्मेवारी युवा÷ विद्यार्थीहरुको काँधमा रहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा÷विद्यार्थीहरुको मुख्य भूमिका हुने स्पष्ट पारे ।

उनले आगामी तीनवटै तहको निर्वाचनलाई पार्टीले कठिन परिक्षाको घडीका रुपमा लिएको उल्लेख गर्दै त्यसमा सफलता हासिल गर्न सिंगो पार्टीपंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी भएकाले उम्मेदवारी चयनमा समस्या आएको बताए ।

प्रम भएपछि देउवाको यो पहिलो औपचारिक कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने