प्रधानमन्त्री देउवा पुगे बाढी प्रभावित क्षेत्रमा

३० साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बाढी प्रभावित जिल्लाको अवलोकन भ्रमण गर्ने भएका छन् । नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री देउवा दिउँसो पूर्वी तराई जाने उनको सचिवालयले जनाएको छ ।

PM-Deuwa-Mugling-Sadk-Anugamnविहानैदेखि हेलिकप्टर उड्नका लागि मौसम अनुकुल नभएकाले प्रधानमन्त्री जाने समय भने तय भइसकेको छैन । मौसम अनुकुल भएपछि मात्रै प्रधानमन्त्री त्यसतर्फ जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीले आज बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर फर्किएपछि थप राहतका कार्यक्रम घोषणा गर्ने सरकारको तयारी छ । यसअघि गएराति अबेरसम्म बसेको मन्त्रीपरिषद बैठकले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने