प्रधानमन्त्रीको दाबी गर्दै आएका गगन थापालाई क्षेत्र नम्बर ४ का जनताले पत्याउलान् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अर्को चुनावमा टिक्न गाह्रो छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थापा धेरै मतान्तरले पराजित हुने प्रक्षेपण लगाउन थालिएको छ । क्षेत्र नम्बर ४ कै जनताले यसपटक थापालाई पराजय गर्ने सोच बनाइसकेका छन् । जबसम्म थापा हार्दैनन् तबसम्म क्षेत्र नम्बर ४ को विकास सम्भव छैन् भन्ने कुरा पुष्टि भइसकेको छ ।
देशको प्रधानमन्त्री हुन्छु भनेर दाबी गर्दै आएका थापालाई आगामी निर्वाचनमा ठूलो झट्का लाग्नेछ । प्रधानमन्त्री हुने सपना छोडौं, सांसदभित्री पनि छिर्न पाँउदैनन् । अघिल्लो चुनावमा जनताले विश्वास गरेर उनलाई मत दिए । चुनाव जिताए । तर, विकासको सिन्कोसमेत भाँच्न सकेनन्, थापाले । यता, स्वास्थ्यमन्त्री हुँदा पनि भ्रष्ट्राचारबाहेक अरु केही गरेनन् । खाली ठूल्ठूला कुरा गर्ने तर केही पनि पूरा नगर्ने ।
अर्कोलाई गाली गरेर माथि आँउछु भन्ने सोच राख्ने । आफ्नो क्षेत्रका जनताका निम्ति केही पनि नगर्ने । जसले कमिशन दिन्छ उसैलाई ठेक्कापट्टा दिने । चुनाव आएपछि जनताको ढोकामा आउने, चुनावपछि फर्किएर पनि नहेर्ने । यस्तो व्यक्तिलाई भोट दिएर के अपेक्षा राख्ने ? अबको प्रधानमन्त्री म भन्दै थापाले भोट मागिरहेका छन् । जसले एउटा स्वास्थ्य क्षेत्र त सम्हाल्न सकेन्, उसले तीन करोड नेपाली सम्हाल्न सक्छ ?
थापाभन्दा खुङ्खार व्यक्तिहरु प्रधानमन्त्रीको लाइनमा छन् । नेपाली कांग्रेसका सभापति एवम् देशका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रधानमन्त्री बन्न देलान् । अबको प्रधानमन्त्री देउवा नभएपनि लाइनमा त थुप्रै छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सबै प्रधानमन्त्रीकै दौडमा छन् ।
राजनीतिको पुरै पाठ पढिसकेकाले थापाजस्तोलाई प्रधानमन्त्री बन्न दिन्छन् ? थापा अमेरिकाको दलाली हो भन्ने थाहा नहुने त सायदै कोही होलान् । एमसीसी पास गर्न थापाले जति जोडबल कसैले पनि गरेन् । एमसीसीको पक्षमा बोल्ने र एमसीसी पारित गर्न पहल गर्ने हर्ताकर्ता उनी नै हुन् । भोलि एमसीसीका कारण हाम्रो शान्तिपूर्ण मुलुकमा केही दुर्घटना घट्यो भने यसको जिम्मेवार थापा हुनुपर्छ ।
अमेरिकाको सेना नेपाल आएर बस्यो भने मलाई चारपाटा मुडेर थानकोट कटाउनु भनेर सदनमा उभिएर थापाले भाषण गरेका थिए । अमेरिकी सेना नेपाल आउने भयो भनेर अहिले चौतर्फी चर्चा चलेको छ । अब थापालाई भोट दिने होइन्, चारपाटा मुडेर थानकोट कटाउने तयारी गर्नुपर्छ । हिजो त्यत्रो जनता सडकमा आँउदा आँउदै पनि एमसीसी पास गर्ने पक्षमा थापा उभिएका थिए ।
कतिले टाउको फुटाए, सडकमा रगतको धारा बग्यो, सुरक्षाकर्मीहरु समेत घाइते भए । क्षेत्र नम्बर ४ कै जनताले समेत हामीलाई एमसीसी चाँहिदैन् भनेर आवाज उठाएका थिए । प्रचण्ड र माधवकुमार नेपाल सरकार छोड्न तयार भइसकेका थिए । यस्तो अवस्था बन्दा पनि थापाले आफ्नो जिद्द छोडेनन् । प्रधानमन्त्री देउवालाई घुँडा टेकाएर एमसीसी पास गराएरै छोडे ।
मुलुकमा केही खतरा आयो भने जनता आफैंले थापालाई देश निकाला गर्नेछन् । गगन थापाको सम्पत्ति कति छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले छानबिन गर्दैन् । न उनले कहिल्यै सार्वजनिक गरेका छन् । उनी बाहिर जति कुराको चिप्लेटी खेल्छन्, भित्र त्यति नै भ्रष्टाचारि छन् भन्ने कुरा क्षेत्र नम्बर ४ का जनताले राम्रोसंग पत्तो पाएका छन् ।
थापाले यो क्षेत्रबाट चुनाव हार्छन् भन्ने भेऊ पार्टीलाई पहिल्यै थाहा थियो । जसका कारण पार्टीले उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्न सुझाएको थियो । थापाले फेरिपनि काठमाडौंबाट चुनाव लडे भने अवश्य पनि हार्छन् भन्ने कुरा त कांग्रेसका कार्यकर्तालाई पहिले नै ज्ञान थियो । एक्लै चुनावमा गयो भने हार्छु भनेर थापालाई पनि खबर थियो ।
तर, समाजवादी, माओवादी र राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन पाएपछि उनले दोहोर्याएर आउने आँट गरेको प्रष्टै बुझिन्छ । उनका निकटस्थ र उनीमाथि आँखा चिम्लेर विश्वास गर्नेहरु अझै पनि देशको प्रधानमन्त्री थापा भन्दै हिँडेका छन् । दिँउसै सपना देख्ने र देखाउने लाई के नै भन्न सकिन्छ ? पार्टीका सभापति देउवाले थापालाई प्रधानमन्त्री दिन्छन् ? अर्को तिर गठबन्धनले उनलाई समर्थन गर्लान् ?
बाबुराम भट्टराईले देशका प्रधानमन्त्री प्रचण्ड भनिसकेका छन् । यता, माधवकुमार नेपालले पनि देउवा र प्रचण्डलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिसकेका छन् । थापा त प्रधानमन्त्री बन्ने दौडमै छैनन् । अनि जनतालाई ठूल्ठूला आश्वासन दिएर कतिञ्जेल ढाँट्ने ? थापाको भाषण आउनेबित्तिकै च्यानल परिवर्तन गर्नुपर्ने यस क्षेत्रका जनताहरु बताउँछन् । उनी बोल्दा गुण्डा बोलेझैं अनुभव हुने गरेको उनीहरुको भनाइ छ ।
देशको राजनीति परिवर्तन गर्न थापाको केही योगदान छैन् । उनको पृष्ठभूमि केलाउने हो भने उनी हिजो गुण्डा नै थिए । क्षेत्र नम्बर ४ का जनतालाई केही पनि सेवासुविधा छैन् । पानीको व्यवस्था छैन्, ढलको समस्या पनि उस्तै । यहाँको सडक हिँउदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । पानी पर्यो भने घरभित्रै बाढी पस्छ । क्षेत्र नम्बर ४ भन्दा रामेछापमै बढी विकास भएको छ ।
रामेछापभन्दा पिछडिएको क्षेत्रमा पर्छ, क्षेत्र नम्बर ४ । पार्टीलाई थर्काएर, दबाबमा पारेर सांसद्को टिकट पाएका उनीसंग वडाध्यक्ष सम्हाल्न सक्ने हैसियत छैन् । उनीसंग कति काम गर्ने क्षमता छ भन्ने कुरा स्वास्थ्यमन्त्री हुँदै थाहा पाइएको छ । उनको दाँयाबाँया लाग्ने सबै गुण्डा हुन् । पहिले पनि गुण्डाकै आडमा चुनाव जितेका हुन्, अहिले पनि त्यही भ्रम पालिरहेका छन् ।
उनी कस्तो मान्छे हुन् ? भनेर बाहिर आउन अझै पनि बाँकी छ । जनतालाई उनले भुंग्रामा राखेका छन् । गगन थापाको बारेमाा बाहिर ल्याउनुपर्ने धेरै कुरा छन् । सञ्चारमाध्यमले यसको खोजतलास गरेर जनतालाई सुसूचित गराउनुपर्छ । थापा ठूलो नेता हुन् भन्ने जुन भ्रम थियो, त्यो विस्तारै तोडिँदै छ । हिजोभन्दा आजका जनता धेरै सचेत भइसकेका छन् । फेरिपनि थर्काएर, धम्काएर, पैसा बाँडेर चुनाव जित्छु भनेर सपना नदेख्दा नै उचित होला ।
वर्षौ स्वास्थ्यमन्त्री हुँदा उनले गरेको तीनवटा राम्रो काम कसैलाई स्मरण छैन् । गरेको भए पो स्मरण हुन्थ्यो । एउटा साधारण परिवारमा जन्मिएका व्यक्ति अहिले सोखी जीवन बिताइरहेका छन् । उनले चढ्ने गाडी, बस्ने घर, जग्गा, बैंकव्यालेन्सबारे कसैलाई पनि थाहा छैन् । उनीसंग अर्बौंको सम्पत्ति भएको बताइन्छ । गगन थापाको देखाउने र चपाउने दाँत भिन्दाभिन्दै छ ।
जो पार्टीको नेता बन्न सकेको छैन्, त्यो राष्ट्रिय नेता बन्न सक्छ ? सबै कांग्रेसीले उनलाई नेता मान्दैनन् । केही गुटको नेता हुन् उनी । पार्टी सभापति देउवा र उनी पक्षका कार्यकर्ता समेत थापाले चुनाव हार्नुपर्ने बताउँछन् । कांग्रेस पनि दुई गुटमा भाँडिएको छ । थापा हार्नुपर्छ भन्ने पक्ष एकातिर छन् । देउवालाई अप्ठ्यारो नपरोस् भन्ने भावना राख्नेहरु थापाको विपक्षमा खडा भएका छन् ।
क्षेत्र नम्बर ४ ले देशको प्रधानमन्त्री पाँउछ भनेर थापाले जनतालाई आश्वासन दिइरहेका छन् । तर, निर्वाचनपछि देशको प्रधानमन्त्री होइन् उनको हरिबिजोग हुने स्पष्ट छ । उनको विकल्प खोज्न थालिएको छ । राम्रो काम गरेको भए, जनताको पक्षमा बोलिदिएको भए पत्याउने बाटो थियो । पहिलोचोटि यो क्षेत्रबाट चुनाव लडेको भएपनि जनताको साथ समर्थन हुन्थ्यो, होला । तर, थापाले यो क्षेत्रबाट दुई पटक चुनाव जितिसकेका छन् ।
उनीबाट जनता आजित भइसकेका छन् । झुठो आश्वासन बाँडेर जनतालाई कतिञ्जेल झुक्याइरहने ? जनताहरु धेरै टाठाबाठा भइसकेका छन् । जालझेलको पछाडि लाग्दैनन् । पछिल्लो समय उनी सञ्चारमाध्यममा छाउनसमेत छोडिसकेका छन् । अरुलाई गाली गरेर हाइलाइटमा आउने व्यक्तिलाई सञ्चारमाध्यमहरुको पनि समर्थन छैन् ।
अबको चुनावपछि उनले राजनीतिबाट सन्यास लिन्छन् भन्ने विषयमा बहस चलेको छ । आगामी निर्वाचनपछि पार्टीको अवरोध हट्छ भनेर धेरै कांग्रसीले अपेक्षा गरेका छन् । उनले दबाएर राखेकालाई माथि उठ्न सहज हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका