May 1, 2020

प्रत्येक परिवारको एकजनालाई कोरोना परीक्षण गर्न सरकारलाई निर्देशन

संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजनालाई कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारालई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड-१९ परीक्षणको दायरा बढाएर प्रत्येक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।

समितिले दिएको निर्देशनमा भनिएको छ, ‘कोभिड- १९ को परीक्षणको दायरा विस्तार गरी कम्तीमा हरेक परिवारबाट सकभर एकजनाको नमुना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न तथा स्वास्थ्य सामाग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यक अनुरुप व्यवस्थापन गर्न र राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्नू ।’

कोरोना भाइरसले पारेको प्रभावको विवरण समितिलाई जानकारी गराउन पनि सरकारलाई निर्देशन दिँदै समितिले भनेको छ, ‘कोभिड- १९ ले पारेको प्रभाव मूल्यांकन गरी समितिलाई जानाकारी गराउन तथा भविष्यमा अवलम्बन गर्ने तात्कालिक तथा दीर्घकालीन योजना तर्जुमा गर्न ।’

लामो समयको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर राख्दै लकडाउनलाई खुकुलो पार्ने र पूर्ण रूपमा लकडाउनको अवस्था हटाउने योजना बनाएर समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ । समिति सभापति परशुराम मेघी गुरुङका अनुसार समितिले ‘लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न,’ पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने