प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने मिति तोकियो

?????????????????????????????????????????????????????????

काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो हप्ता सरकार छाड्ने र नेपाली कांग्रेसलाई हस्तान्त्रण गर्ने तयारी भएको छ । बैशाख ३१ मा चुनाव भए जेठको २ गते प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रधानमन्त्री निकट उच्च स्रोतले जनाएको छ । राजीनामा दिएको एकहप्तामा देउवालाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लगाउने गरि आन्तरिक तयारी भइरहेको छ । तर, केहीगरि चुनाव सर्ने अवस्थामा भएमा सहमति पनि पछि धकेलिनेछ ।

बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने प्रधानमन्त्रीले नै यसअघि बताइसकेका छन् । ‘जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेगरि सत्ता छाड्ने तयारी छ’ स्रोतले भन्यो, ‘जेठको २ गते राजिनामा दिने विषयमा मोटामोटी सहमति भएको छ त्यो कायम रहेमा जेठ २ गते देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीको राजिनामा आउनेछ । ’

 

कांग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो । प्रधानमन्त्रीले राजिमा दिने र कांग्रेसका सभापति प्रधानमन्त्री बन्ने भएपछि त्यसको भित्री कसरत पनि सुरु भएको छ । सरकारमा सहभागि गराउने भन्दै साना दलहरुलायृ आकर्षित गर्न छलफल भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने