प्रचण्डलाई कोइरालाको चेतावनी : ‘उनको धम्कीले काँग्रेस डराउँदैन’

२६ साउन, भक्तपुर – नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छिन् ।

sujata-koirala-photoरफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका बिषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले बताईन् । कोइरालाले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पूरा गर्नुपर्ने बताईन् । यसका लागि सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाई छ ।

निर्वाचनमा कसले जित्छ, कसले हार्छ भन्दा पनि पहिलो कुरा निर्वाचन समयमै गराउनु नै हो नेतृ कोइरालाले भनिन् ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रुपमा सफल बनाउनुपर्छ ।’तराई मधेशका जनता निर्वाचनका लागी आतुर भैसकेको कारण तत्काल विधेयक र नीतिहरु पास गरि जनताको अपेक्षा अनुसार निर्वाचन गर्न जरुरी रहेको उनले बताईन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण मुलुकको हितकै पक्षमा रहेको बताउँदै यो भ्रमणका क्रममा मुलुकको र आम नेपालीका हितका बिषयमा दुईपक्षिय कुराकानी र विविध बिषयमा आपसी सहमति तथा सम्झौता हुन सक्ने पनि बताईन् ।

पछिल्लो समय राप्रपाको फुटका बिषयलाई लिएर उनले भनिन् नेपालमा दलहरुबीच टुटफुटको क्रमले राजनीतिक संक्रमण बढेको छ । राप्रपाको फुटपनि अपरिपक्क राजनीति खेल भएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने