प्रचण्डको चीन भ्रमणः के हो वेइजिङको सन्देश ?

Prachanda-And-Xi-768x460१५ चैत, काठमाडौं । आफ्नो कार्यकालमा चीनको भ्रमण नै नहुने हो कि भन्ने संशयका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङको भ्रमण गरेका छन् । वोआओ सम्मेलनमा भाग लिन चीन गएपनि प्रधानमन्त्री प्रचण्डले चिनियााँराष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटघाट गरेका छन् ।

प्रधानमन्त्री हुनुभन्दा पहिला र त्यसपछि पनि पटकपटक प्रचण्डले दुई देशको बीचमा सन्तुलित सम्बन्ध राख्ने भने पनि लगभग असन्तुलनको अवस्था देखियो । यो भ्रमणले त्यसलाई केही हदसम्म सन्तुलनमा ल्याएको देखिन्छ ।

प्रचण्डको भ्रमणको क्रममा आखिर बेइजिङले के सन्देश दियो त ?

विश्वासको वातावरणमा जोड

नेपाल र चीनको बीचमा पछिल्लो समय केही राजनीतिक अविश्वासको वातावरण देखिएको पक्कै हो । प्रधानमन्त्री प्रचण्डले पनि यसलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् । उनले चीन जानुभन्दा अगाडि नै आफ्नो भ्रमण मुख्य रुपमा विश्वासको वातावरण बनाउन केन्दि्रत हुने बताएका थिए ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेटघाटको समयमा यो विषयले पनि प्राथमिकता पाएको देखिन्छ । चीनका सञ्चारमाध्यमहरुले स्पष्ट शब्दमा ‘सीले राजनीतिक विश्वासको वातावरणलाई सुदृढ गर्न’ जोड दिएको उल्लेख गरेका छन् । यस अगाडिको भेटमा चिनियाँ पक्षले सो विषय उल्लेख गर्ने गरेको थिएन ।

मुख्य चासोको विषयमा अझ सहकार्य

नेपालमा चीनको मुख्य चासो चीनविरोधी गतिविधिमा नियन्त्रण हो । यसका लागि उसले राजनीतिदेखि सैन्य क्षेत्रमा समेत नेपाललाई सहयोग विस्तार गरिरहेको छ । तर, तिब्बतको मामिलामा ऊ अझै आश्वस्त हुन सकेको छैन ।

प्रचण्ड र सीबीचको भेटपछि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सी ले दुई मुलुकको मुख्य चासोको विषयमा अझ बढी सहकार्य र सहयोगमा जोड दिनुभएको छ ।’

संविधान कार्यान्वयन

चीनले स्पष्ट रुपमा नेपालमा नयाँ संविधानको कार्यान्वयनमा जोड दिएको छ । नेपालमा अस्थिरता बढेमा आफ्नो सुरक्षा चासोमा असर पर्ने बेइजिङको पुरानै बुझाइ हो । संविधान कार्यान्वयनको एउटा खुड्किलो स्थानीय तहको निर्वाचनको लागि सहयोग गर्ने वचन दिएर चीनले आफ्नो धारणालाई बल पुर्‍याएको छ । संविधान संशोधन तथा मधेसवादी दलहरुको मागको सम्बन्धमा भने उसले स्पष्ट बोलेको छैन । तर, निर्वाचनमा सबै पक्षको सहभागिता होस् भन्ने उसले सन्देश दिएको छ ।

रेल्वे र सडकको विस्तार

पछिल्ला वर्षहरुमा नेपाल र चीनको बीचमा भएका उच्चस्तरीय भेटघाटहरुमा चीनले रेल्वे र सडक विस्तारलाई निरन्तर जोड दिँदै आएको छ । नेपालसम्म रेलवे र सडक विस्तार गर्ने उसको योजनामा नेपालले पर्याप्त सहयोग नगरेको निष्कर्ष उसको हुन सक्छ । यस अगाडि भारतको गोवामा भएको भेटघाटमा पनि चिनियाँ राष्ट्रपतिले यी विषयमा विशेष जोड दिएका थिए ।

‘वान बेल्ट वान रोड’ परियोजना

यो अवधारणा चीन आफैंले सन् २०१३ देखि उठाउँदै आएको छ । चिनियाँ राष्ट्रपति सी ले अघि सारेको यो अवधारणा अन्तर्गत चीन तथा एसिया, युरोप र अपि|mकाबीच सडक पूर्वाधार, रेल मार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक विकास गर्ने मुख्य लक्ष्य राखिएको छ ।

प्रचण्डको भ्रमणको समयमा पनि यो विषय स्पष्ट रुपमा उठेको देखिन्छ । सिन्ह्वाले जारी गरेको समाचारमा सो परियोजनामा जोड दिएको कुरा उल्लेख गरिएको छ ।

सम्बन्धलाई बृहत् तहमा विस्तार गर्ने चाहना

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपतिले दुवै देशका नागरिकहरुको बीचको सम्बन्धलाई अझ बढाउने कुरामा जोड दिएका छन् ।

खासगरी संस्कृति, पर्यटन, मिडिया, युवा तथा स्थानीय स्तरमा आपसी सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका थिए ।

विश्वव्यापी विषयमा मिलेर काम गर्न इच्छुक

चीनले नेपालसँग विश्वव्यापी फोरमहरुमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ । समाचारमा आए अनुसार चीनले संयुक्त राष्ट्र संघ, जलवायु परिवर्तन र दीर्घकालीन विकास लक्ष्यमा मिलेर काम गर्ने इच्छा देखाएको छ ।

भारतसँग मिलेर काम गर्न सुझाव

चीनले नेपाललाई दक्षिण छिमेक भारतसँग सहकार्य गर्न दिएको सुझाव नयाँ भने होइन । उसले सन् १९६० देखि नेपालका नेताहरुलाई यही सुझाव दिँदै आएको छ । प्रधानमन्त्री प्रचण्डलाई पनि चीनले सोही सन्देश दिएको छ ।

नेपालमा आफ्नो प्रभ्ााव बढाउन चीन इच्छुक भए पनि नेपालका सबै माग अहिले नै आफूले पूरा गर्न नसक्ने यथार्थसँग ऊ परिचित छ । यो स्थितिमा चीनले नेपाललाई भारतसँग राम्रो सम्बन्ध राखेर अगाडि जान सुझाव दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने