पूर्वसभासदसहित चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

party-prabesh_l40zCKQXmSअसार २६, काठमाडौं – पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् । 
बारा र रौतहट जिल्लामा क्रियाशील भएर माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा नेपाली कांग्रेसबाट कमल जउसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास रहेका छन् ।
 एमालेबाट प्रवेश गर्नेहरुमा पूर्वअध्यक्ष गौरीशंकर जयसवालसहित सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् ।
नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेल लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए । 
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवआगन्तुक नेता–कार्यकर्तालाई खादा र माला लगाएर पार्टी प्रवेश गरे । 

सो क्रममा प्रचण्डलेस्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने दाबी गरे । 
उनले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं । तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि उनीहरुले काम माओवादीकै गर्नुपर्नेछ । संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन । जित्न त उनीहरुले जिते । तर, काम हाम्रो गर्छन्, गर्न बाध्य छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने