पीसीआर परीक्षणपछि ४५ जना घर फिर्ता

जेठ १६, जुम्ला: जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ ।

भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । उनीहरुको मङ्गलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । “सोमबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उनले भने, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ । पालिकाको एकीकृत क्वारेन्टिनमा शुरुमा निर्माण गरेको ४३६ श्ययाको क्वारेन्टिनलाई थप गरी एक हजार श्ययाको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा भारतबाट दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिनेक्रम बढेकाले क्वारेन्टिन अहिले भरिभराउ छ । प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ बसिरहेका छन् । दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको छ ।
 
चाँडै स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रहरी प्रमुख कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताए । अहिले आउनेमा यहाँको क्षेत्र नं (ख) का नागरिक क्वारेन्टिनमा बढी छन् । अब आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता छ । अब सदरमुकाम वा नजिकै चाँडै क्वारेन्टिनको सङ्ख्या व्यवस्थापन गर्नुपर्नेछ । यदि अब बाहिरबाट आउने मानिसको व्यवस्थापन नभइ घर जानुपर्ने बाध्यता भयो भने हालसम्म गरेका सबै उपलब्धि पनि फेरि गुम्ने डर हुनसक्के प्रमुख धामीले बताए । हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको छ । 

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायीको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको हो । भारतबाट भित्रिनको सङ्ख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयवासीले सरोकारवाला निकायलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक हप्ताअघिसम्म आएका सबैको पिसीआर परीक्षण गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ आइसकेको छ । कामका सिलसिलामा भारत गएकाहरु फर्किन थालेपछि जिल्लावासी त्रासित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने