May 1, 2017

पार्टी फुटाउन करोडौंको खेल : ओली

बैशाख १८, काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पार्टी संसदीय दलको बैठकमा आइतबार ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस्फु-टाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।”पार्टी छाडे पनि केही हुँदैन ।

यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ’, ओलीले भने । ओलीले प्रश्न गरे,’करोड-करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा ? ‘पैसा दिएर अर्काे पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न उहाँले गर्दै भन्नुभयो, ‘राज्यले यस्तो गर्न पाउने कि नपाउने ? त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो।’

पराइको हितमा आफ्नो राष्ट्रिय हितलाई धोका दिने वर्तमान सरकार आज सांसदहरू खोज्न देशका विभिन्न भागमा लागिरहेको आरोप ओलीले लगाए ।सरकारले यस्तो अनैतिक कार्यप्रति माफी माग्नुपर्ने बताए । मन्त्री दिन्छु पार्टी फुटा भन्ने ? सरकारले यस्तो अनैतिक काम गर्न पाउँछ भन्ने प्रश्न गर्दै ओलीले आवश्यक पर्दा आफूले प्रमाण पेस गर्ने दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने