नेपाल सुरक्षित छ भन्दै जापानीले थाले अभियान

maxresdefault-2-750x502चैत ४, २०७३ काठमाडौं  : महाभूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण भएको पहिलो विश्व सम्पदा हो, बौद्धनाथ स्तुप। त्यहीँबाट अब नेपाल सुरक्षित छ भन्ने अभियान थाले, केही जापानीहरूले। नेपाली पत्रकारमाझ ‘मेरी नेपाल’ अर्थात् ‘ह्याप्पी नेपाल’ लेखिएका टिसर्ट र बालबालिकाको हाँसोसहितको तस्विर भएको छातासहित बिहीबार अभियान थालिएको हो ।

भूकम्पपछि असुरक्षित महसुस गदै नेपाल भ्रमणमा आउन हिच्किचाउने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले अभियान सुरु गरेका हुन्। ‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका छन्।

 उनीहरूलाई नेपाल सुरक्षित छ, नेपाली खुशी छन्। तिमीहरू नेपाल आउनुपर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो काोजीले भने। नेपाल सुरक्षित छ र नेपाली खुशी छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्देश्य हो।

‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रोछ, भूकम्पको पीडालाई पराजित गर्दै विकासको बाटोमा लागेका छन् भन्ने मेरो नेपाल अभियानको मुख्य सन्देश हो’ कोजीले भने। यही सन्देश फैलाउन जीसीआई फाउण्डेसनले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा ५० पत्रकारले अभियानमा ऐक्यबद्धता जनाएका थिए।

बौद्धनाथ स्तुपबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्विर खिचिएको छ। ती तस्विरलाई अमेरिका, युरोपलगायतका ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणको निम्तो दिइने अभियानकर्ता कोजीले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको