नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

६ साउन, नवलपरासी । दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।

Nepal-india-security-gasti-nawalparasi

सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर पुनको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी निरीक्षक गजेन्द्रसिंहको नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले सो गस्ती गरेको हो ।

संयुक्त गस्ती टोलीमा नेपाल सशस्त्र प्रहरीबाट ११, सशस्त्र सीमा बल एसएसबीबाट पाँच र नेपाल प्रहरीबाट तीनजना सुरक्षा कर्मीको संयुक्त सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने