नेपाली युवाले विकास गरे जीवनोपयोगी प्रविधि

new_tehcnology_o56zhyMKLm

असार ६, २काठमाडौं – प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।

दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ । अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ‘ईईजी’नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट (बिटा ब्रेन वेभ) विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।

अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच÷पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न ‘इथिकल एप्रुवल’ दिएको छ । ‘धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्’, अनुसन्धानकर्ता शाहले भन्नुभयो, ‘प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।’

नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ ।

आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ ।

प्रविधि विकासको सोच
बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए । ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले ।

अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा । तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्‍यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन ।

त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा.वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने