May 6, 2020

नेकपा सचिवालय बैठक सकियो, स्थायी समिति बैठक अनिश्चित

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । वैशाख २५ गते आयोजना गरिएको स्थायी समितिको बैठकको गृहकार्य नपुगेकोले उक्त बैठक अनिश्चित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले बैठकको गृहकार्य नसिकएकोले अध्यक्षद्वय गृहकार्यमा जुटिरहेको जानकारी दिए । बैठकमा चर्काचर्की भएपछि अध्यक्ष केपी ओली उठेर गएको र उनी नफर्किएकोले बैठक सकिएको हो ।

सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा दुई समूहबीच चर्काचर्की चुलिएको हो । बैठकमा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका हुन् ।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले राजीनामाको प्रसंग उठाएपछि अध्यक्ष ओली शयनकक्षतिर हिंडेका हुन् ।

सचिवालय बैठकमा लामो समयसम्म अन्य सदस्यहरुले अध्यक्ष ओलीलाई कुरेका थिए । अहिले अध्यक्षद्वय संवादमा रहेकोले २५ गतेको स्थायी समिति बैठक अनिश्चित भएको श्रेष्ठले जानकारी दिए ।

बैठकमा सहभागी एक नेताका अनुसार दाहाल-नेपाल समूहले एक व्यक्ति एक पदको एजेण्डालाई स्थायी समितिको बैठकमा राख्नुपर्नेमा जोड दिएका थिए । वैशाख २५ गते नेकपाले स्थायी समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने