May 28, 2017

निर्वाचन धाँधली समिति गठन

१४ जेठ, काठमाडौं  – तीन दलको सहमतिअनुसार संसद्ले स्थानीय तह निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न सद्भावनाका लक्ष्मणलाल कर्ण संयोजकत्वको समितिले प्रतिवेदन नबुझाउँदै संसद्को शनिबारको बैठकले अर्को छानबिन समिति गठन गरेको हो ।

प्रमुख विपक्षी एमालेले दोलखा, धादिङलगायत जिल्लामा सरकारको संरक्षणमा धाँधली भएको भन्दै छानबिन समितिको माग गरेको थियो ।

समितिमा कांग्रेसका अर्जुनप्रसाद जोशी, एमालेका राजेन्द्रप्रसाद पाण्डे, माओवादी केन्द्रका  रामनारायण विडारी, राप्रपाका भाष्कर भद्रा र फोरम लोकतान्त्रिकका सुवोधकुमार पोखरेल सदस्य हुनुहुन्छ ।

समितिलाई तीन महिनाको समय तोकिएको छ । यो खबर आजको अन्नपुर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने