निर्वाचनका लागि एक लाख ७५ हजार कर्मचारी परिचालित

१७ मंसिर, काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि कर्मचारी खटाउँदै छ । आयोगका अनुसार निर्वाचन हुने ४५ जिल्लामा आजवाट एक लाख ७५ हजार कर्मचारी परिचालन हुँदैछन् ।

बिहीवार हुने दोस्रो चरणको निर्वाचनका लागि खटिने कर्मचारी सदरमुकामवाट निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रमा खटिन लागेका हुन । प्रत्येक मतदान केन्द्रमा ७ देखि ९ जना कर्मचारी खटाइएको आयोगले जानकारी दिएको छ । आयोगले कर्मचारीलाई निर्वाचनका लागि चाहिने मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, स्वस्तिक छाप, मसीलगायत ६७ सामाग्रीसहित मतदान केन्द्रमा खटाउन लागेको हो । सात हजार ७ सय ५२ स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि आयोगले कर्मचारी खटाएको छ ।

मतदान केन्द्रमा खटिने कर्मचारीले मंगलवार र बुधबार मतदान केन्द्रको निर्माण गर्ने कार्यतालिका छ । उनीहरुले मतदाता शिक्षा कार्यक्रम चलाउनुका साथै मतदाता परिचयपत्र समेत वितरण गर्नेछन् । दोस्रो चरणको निर्वाचनका लागि एक करोड २२ लाखभन्दा बढी मतदाताले प्रतिनिधि सभातर्फ १ सय २८ र प्रदेश सभातर्फ २ सय ५६ सीटका लागि मतदान गर्नेछन ।

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएका चुनावमा करिब ३२ लाख मतदाताले ४ हजार ४सय ६५ मतदान स्थलबाट मतदान गरेका थिए । दोस्रो चरणमा भने १५ हजारभन्दा बढी मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने