नयाँ शक्तिले लेख्यो निर्वाचन आयोगलाई पत्र, उम्मेदवारलाई ज्यान मार्ने धम्की

जेठ २३, काठमाडौं -निर्वाचन आयोगलाई पत्र लेख्दै नयाँ शक्ति पार्टी नेपालले आफ्ना पार्टीका उम्मेदवारलाई ज्यान मार्ने धम्की आएको दावी गरेको छ । नयाँ शक्तिले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको कुनै संभावना नदेखिएको पनि बताएको छ । तर, ज्यान मार्ने धम्की कहाँ र कसलाई दियो भन्ने पत्रमा उल्लेख छैन ।
यस्तो छ, पत्रunnamed-7श्री निर्वाचन आयोग

बहादुर भवन,काठमाण्डौ ।
विषय ः ध्यानाकर्षण बारे ।
उपरोक्त सम्वन्धमा कुनै पनि निर्वाचन त्यसमा पनि नयाँ संविधान वमोजिमको स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार एवं मेरुदण्ड भएकाले कुनै पनि मुल्यमा भयरहित, शान्तिपुर्ण, निष्पक्ष एवं धाधलीरहित तवरले सम्पन्न होस भन्ने चाहना राखेका कारणले हाम्रो पार्टी निर्वाचन चिन्हवाट वन्चित हुदा पनि निर्वाचनमा सामेल भयो । पहिलो चरणको निर्वाचनमा हामीले भौतिक आक्रमण र धम्कीहरुको सामना गर्न पर्यो । तै पनि हामी कुनै पर्वाह नगरी चुनावी मैदानमा डट्यौ । त्यही उच्च मनोवलका साथ दोश्रो चरणको निर्वाचनमा पनि सहभागी हुने जानकारी गराउन चाहन्छौ ।
निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र धाधली रहित वनाउने कुरामा पुराना राजनैतिक दलहरुको कुनै चाहना देखिएन । साम, दाम, दण्ड, भेद प्रयोग गरेर जसरी पनि निर्वाचन जित्ने धेयले काम गरेको पाईयो । सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै नयाँ शक्ति पार्टी माथि विभिन्न प्रकारका घेरावन्दी, धम्की तथा भौतिक आक्रमण भएकोप्रति निर्वाचन आयोगको विशेष ध्यानाकर्षण गराउन चाहन्छौ ।
दाश्रो चरणको निर्वाचनको तयारीको शिलशिलामा पनि देशैभरी हाम्रो पार्टीका उम्मेदवार नेता कार्यकर्ताहरु उपर आक्रमण, धम्की र घेरावन्दीका घटनाहरु निरन्तर भैरहेका छन् । यसै क्रममा प्रदेश नं।५, दाड जिल्लाको राप्ती गाउँपालिकामा नयाँ शक्ति पार्टीको प्रचार टोली मतदाताहरुको घर दैलामा गैरहेका वखत सत्तारुढ दल माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको जत्था आई अनायासै आक्रमण गरी आतंक फैलाउने काम गरेकाछन् भने अन्धाधुन्द कुटपिट गरी नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा स्थानीय लोकपप्रिय नेता नन्द चौधरी समेतलाई मरणाशन्न अवस्थामा पुर्याएका छन् । उम्मेदवार तथा प्रचारटोली एवं मतदाताहरुमाथि समेत नयाँ शक्ति पार्टीमा लागेमा ज्यान मार्ने धम्की दिएका छन् । यस्तो अवस्थामा चुनाव प्रचार गर्न सक्ने अवस्था नै छैन भने स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको कुनै संभावना देखिएको छैन ।
तसर्थ उक्त घटनाको छानविन गरी आक्रमणकारीहरुलाई कारवाहीको दायरामा ल्याई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न सम्वद्ध पक्षहरुको विशेष ध्यानाकर्षण गराउदै निर्वाचन आयोग समक्ष विशेष आग्रह गर्दछौ ।
खिमलाल देवकोटा
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने