धादिङका तीन क्याम्पसमा स्ववियु नेतृत्व चुनिए

Capture३-12फाल्गुन , २०७३- जिल्लाका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी क्याम्पस र नौविसेस्थित मछिन्द्र क्याम्पसमा नेविसंघ र अखिल ९क्रान्तिकारी० को गठबन्धन विजयी भएको छ । त्यसैगरी गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नयाँशक्ति विद्यार्थी युनियनको गठबन्धनले जित हासिल गरेको छ । कान्तिपुरमा खबर छ |

५ सय ५७ मत खसेकामा सरोज पाण्डे ४ सय ११ मत ल्याएर अध्यक्ष भएका छन् । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा थिए ।

गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भए । समानुपातिकतर्फ शर्मिला श्रेष्ठ र विश्वास खरेल चुनिए ।

मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रदीप गिरी अध्यक्ष र विनोद आचार्य सचिव तथा एलिस पाठक कोषाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने