देउवा-प्रचन्डलाई लाग्यो झट्का- भरतपुर महानगरपालिकामा एमालेको जित सुनिस्चित

hq720-copy

भरतपुर- पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैको चासोको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । यस महानगरपालिकामा कसको कति मत आयो ? मतअन्तर कति भयो ? अब गणना हुन बाँकी वडामा कसको कति मत आउला ? सम्भावना के छ ? को विजयी होलान् ? जस्ता कौतुहलता आम जनमानसमा छाएको छ ।

भरतपुरको वडा नम्बर २६ सम्मको मत गणना सकिदासम्म पछिल्लो मत परिणाम अनुसार भरतपुरमा एमालेका ज्ञवालीले २७ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको छ । माओवादीकी रेणु दाहालले २५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको छ । भरतपुरको उपमेयर पदमा नेपाली काँग्रेसकी पार्वती शाहले २८ हजार ६ सय ६ र एमालेकी दिव्या शर्मा आचार्यले २५ हजार एकसय ९३ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १७ वटा वडाको मत गणना सकिएको छ । ज्ञावाली तीन हजार मत अन्तरले अगाडी हुनुहुन्छ । अब गन्न बाँकी १२ वटा वडा छन् । मत गणना गर्न बाँकी रहेका १६,२२,२३,२४ र २५ वडामा एमालेको बहुमत रहेको छ । यी मध्ये सबै भन्दा बढी मत रहेको वडा नं. १६ हो जहाँ एमालेको पल्ला भारी रहेको छ । बाँकी ७ वटा वडा मध्ये ५ वटा वडाहरु काँग्रेसको प्रभाव रहेको क्षेत्र हो भने २ वटा वडामा एमाले र काँग्रेस प्रतिस्पर्धामा रहेका छन् । अहिलेसम्मको मत परिणाम र यसलाई विश्लेषण गर्दा एमाले उम्मेदवार ज्ञवालीको मतान्तर कम देखिए ता पनि यस अगाडी माओवादी केन्द्रका उम्मेदवार दाहालसंगको फराकीलो मत अन्तर सहजै क्षतीपुर्ती तिरी जित ज्ञवालीको विजयी सुनिश्चत रहेको छ ।

अहिले सम्म सार्वजनिक भएको परिणम अनुसार १७ वटा वाड मध्ये १० वटा वडामा एमाले विजयी बनेको छ भने पाँचवटा वडामा नेपाली काँग्रेस र दुई वटा वडामा मओवादी केन्द्र विजयी भएको छ ।

मत गणना गर्न बाकी रहेका वडाहरुमा १५ मंगलपुर , श्रीपुर , फुलबारी , सुर्यनगर, १६ मंगलपुर , मोहनपुर , बिजयनगर, १७ शारदानगर , रामपुर , गोब्रनी, १८ गुञ्जनगर , चनौली , शशिनगर , भूवनबस्ती, १९ शारदानगर , गुञ्जनगर , किरणगंज, २० भिमनगर , सिमलटाँडी , दद्रेनी , २१ पार्वतीपुर , मनिपुर, २२ पटिहानी , पदमपोखरी , धनौजी, २३ जगतपुर , खड्कौली , मधुपुरी, २४ जगतपुर , केरूङ्गा, शुक्रनगर, २५ अमृतनगर , शुक्रनगर , लेबरनगर , सोसी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने