July 28, 2017

दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पतालमा

दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन्।

केही साता अघिदेखि सामान्य बिरामी भएका  शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुगेका आपतकालीन शैय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा उनी भर्ना भएका थिए । काँग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको काँग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिए ।

एक साताअघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल पु¥याइएकामा सम्बद्ध चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएको थियो ।

डायलासिस गर्न थालेका उनी  शनिबारसम्म अस्पतालमै रहने बताइएको छ । इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका  शेर्मा नेपाली काँग्रेसको १२ औँं र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने