April 12, 2021

दक्षिण  कोरियामा रोजगारी : सन्  २०२१ मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा

काठमाडौं,चैत ३०, दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले  एचआरडीले  निर्धारण  गरेको  यो  सङ्ख्या  लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो । एचआरडीले  सन्  २०२१  का  लागि  ५२  हजार  विदेश श्रमिक  लैजाने  गरी  कोटा  निर्धारण  गरेकोमा  नेपाललाई  यो सङ्ख्या  परेका  हो ।  यो  विश्वका  विभिन्न  १६  देशका  लागि छुुट्याइएको कोटा हो ।

ईपीएस  शाखाका  निर्देशक  इन्द्र  गौतमले  यो  पटक एचआरडीले  सङ्ख्या  पठाउँदा  कोटा  नभनेर  परीक्षा  उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले  भने,  अघिल्ला  वर्षमा  यति  कोटा  भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने  सङ्ख्या  भनिएको  छ,  त्यसैले  हामी  पनि  द्विविधामा  छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । निर्देशक  गौतमले  गएको  जनवरीमै  सूचना  निकालेर एचआरडीले  पहिलो  आधा  वर्षमा  उत्पादनतर्फ  एक  हजार नेपाली  श्रमिक  लैजाने  भनेको  भए  पनि  चार  महिना  सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो  आधा  वर्षका  लागि  गरेको  प्रतिबद्धता  नै  कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई  ईपीएसमार्फत  दक्षिण  कोरिया  लग्दै  आएको  छ । कोरिया  सरकारले  विदेशी  श्रमिक  आपूर्ति  गर्दै  आएका  देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने