November 5, 2021

टोटनहमको जित, रोमा बराबरीमा रोकियो

एन्टोनियो कोन्टेको प्रशिक्षणमा पहिलो पटक खेलेको टोटनहमले गएराति युरोपा कन्फोरेन्स लिगमा भिटेसमाथि ३–२ को विजय हासिल गरेको छ । पहिलो हाफमा पाँच गोल भएको थियो भने तीन वटा रातो कार्डको देखाइएको थियो । 

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले १५औं मिनेटमा ह्युङ–मिन सनको गोलबाट अग्रता लिएको थियो । २२औं मिनेटमा लुकास मोउराले अग्रता दोब्बर बनाए । भिटेसका जाकोब रासमुसेनले २८औं मिनेटमा गरेको अत्मघाती गोलमा टोटनहमले अग्रता बढाएको थियो ।

रासमुसेनले ३२औं मिनेटमा गरेको गोलबाट भिटेसले पुनरागमनको प्रयास गर्यो । माटुस बेरोले ३९औं मिनेटमा अर्को गोल थपेपछि भिटेसले अंक लिने सम्भावना बढेको थियो । त्यसमाथि ५९औं मिनेटमा टोटनहमका क्रिष्टेन रोमेरोको दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सीमित बनेको थियो । 

तर, त्यसको फाइदा भिटेसले लिन सकेन । ८१औं मिनेटमा ड्याल्हो डोइखीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भिटेस पनि दश खेलाडीमा सीमित बन्यो । त्यसको चार मिनेट वित्न नपाउँदै मार्कुस सुबर्टले सिधै रातो कार्डको सामना गरेपछि भिटेस ९ खेलाडीमा सीमित भयो । 

‘‘आज निकै तनावपूर्ण खेल भयो । तर मलाई यस्तो खेल मन पर्दैन,’’ टोटनहमका प्रशिक्षक कोन्टेले भने, ‘‘हामी तीन शून्यले अगाडि थियौं । तर दुई गोल खान पुग्यौं । रातो कार्डको सामना गरेपछि हामी उल्टै दबाबमा पर्यौं । खेल जस्तो भए पनि हाम्रो लागि जित महत्त्वपूर्ण थियो । यसले खेलाडीको मनोबल बढ्नेछ ।’’

जितपछि सात अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ । ६ अंक जोडेको भिटेस तेस्रो स्थानमा छ । टोटनहम सम्मिलित समूह ‘जी’ रेनेस दश अंकका साथ शीर्ष स्थानमा छ । गएराति नै सम्पन्न खेलमा रेनेसले मुरालाई १–० ले हराएको थियो । 

टोटनहमका पूर्व प्रशिक्षक जोजे माउरिन्होले सम्हालेको क्लब एएस रोमा गएराति बोडो÷ग्लीम्टसँग २–२ को बराबरीमा रोकियो । बराबरीपछि रोमाले समूह ‘सी’ को शीर्ष स्थानमा उक्लने मौका गुमायो । बोडो÷ग्लीम्ट आठ अंकका साथ शीर्ष स्थानमा रहँदा रोमा सात अंकका साथ दोस्रो स्थानमा छ । ६ अंक जोडेको जोर्याले तेस्रो स्थानमा छ । पीएफसी सिएसकेए–सोफिया एक अंकका साथ पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने