जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ


१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद श्रेष्ठले देशभरिका सम्पूर्ण बुथहरुमा पच्चीसहजार मजदुर स्वयं सेवक परिचालन गर्ने घोषणा गर्नुभएको छ। 

आज जिफण्टको केन्द्रीय कार्यालय मनमोहन भवन बागबजारमा बिजया दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई संबोधन गर्दै नेता श्रेष्ठले यस्तो बताउनुभएको हो।

यसपालिको दशैलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको पक्षमा जनमत सृजना गर्ने अवसरको रुपमा लिनुपर्ने नीति जिफण्टले लिएको अवगत गराउंदै ‘यसपालिको मतदान समृद्धिको पक्षमा ‘ भन्ने नाराका साथ गाउँ फर्कन आफ्ना सदस्य र कर्याकर्ताहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ।

टिकटको बिषयलाई लिएर चिन्ता नगर्न आग्रह गर्दै उहांले भन्नुभयो ‘भोलिबाट बन्द सुचिको अन्तिम नामावली प्रकाशन हुँदै छ । नेकपा (एमाले) मजदुर बर्गको पार्टी भएको कारणले हाम्रा साथिहरु धेरै पर्नेछन् भन्ने हामीले बिश्वास लिएका छौं । व्यक्तिसंग भन्दा पनि हाम्रो ट्रेडयुनियन संग समन्धित साथीहरु परेमा हामिलाई पुग्छ भनेर हाम्रो धारणा राखेका छौँ । त्यसैले सुर्यको पक्षमा मतदान गर्न सम्पुर्ण मजदुर साथिहरु अगाडी बढ्नुपर्ने ‘ उहाँले बताउनुभएको छ।

श्रम गर्नेहरुको परिवारलेनै श्रमिकहरुको विपक्षमा मतदान गर्ने क्याम्पियन भइरहेको परिवेशलाई गम्भीर रुपमा हेर्नुपर्ने भन्दै उहाँले भन्नुभयो ‘ हामिहरु जहाँ-जहाँ गएपनी आगामी निर्वाचन पछि नेकपा (एमाले) को बहुमत सहितको स्थिर सरकार बनाउनका निमित्त आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ । नयाँले स्थानीय निकायमा अलि-अलि काम गर्न सक्लान तर मल्टिपार्टी लोकतन्त्रमा एक्लाएक्लै चुनाव लडेर केही हुनेवाला छैन । ‘

अघिल्लो निर्वाचनलाई स्मरण गराउंदै नेता श्रेष्ठले भन्नुभयो ‘त्यतिखेर नाकबन्दीको समय थियो । नाकाबन्दी खुलाउन अध्यक्ष केपी शर्मा ओलीले चाल्नुभएको राष्ट्रवादी कदमको कारण एमालेको पक्षमा आफ्नै खालको जनलहर थियो । यसपटक पुरानो लहरलाई व्यवस्थापन गर्नुपर्ने छ । त्यसका लागि छुट्टै ढङ्गका कामहरू गर्ने लक्ष्य अनुरुप जिफण्टको कुल सदस्य संख्या मध्येबाट पच्चीस हजार सदस्यहरूलाई स्वयं सेवकको रूपमा परिचालन गर्ने तयारी गरिरहेका छौँ । गणेश प्रवृत्ति छोडेर जिफण्टका सम्पूर्ण सदस्यहरुलाई निर्वाचनको काममा लाग्न अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने