जबज अब ‘नेपाली मार्क्सवाद’

काठमाडौं,असोज ९, काठमाडौं स् नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई  नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका क्रम विकसित सिद्धान्त भएको उल्लेख गरिएको छ । यसले जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने पुरानै नीतिलाई निरन्तरता दिएको प्रष्ट गर्छ।

समकालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र अन्य समस्याको पहिचान गर्न र तिनको समाधान गर्न जननेता मदन भण्डारीको अगुवाइमा नेपाली मार्क्सवादको रूपमा ‘जनताको बहुदलीय जनवाद’ विकसित भएको हो, विधानको प्रस्तावनामा भनिएको छ। 

जबज नवीनतम वैज्ञानिक सिद्धान्तले नेपालीको सम्पूर्ण काममा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गरिरहने विधानमा उल्लेख छ। संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालनलाई विधानले समेटेको छ। 

विधानमा जनआधारित कार्यकर्ताको पार्टी भएको उल्लेख गर्दै पार्टीको स्वतन्त्रता र अनुशासनबीच सन्तुलन कार्य गर्न जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अपनाएको जनाइएको छ। सादा र नैतिक जीवन एवं कठोर संघर्षको आदर्शलाई अपनाउँदै सामूहिक भावनाका साथ अघि बढ्ने प्रतिबद्ध पनि विधानमा गरिएको छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने