जंगलमा आफ्नै शिक्षकले युवतिसँग यौन सम्बन्ध राखेको देखेपछि विद्यार्थीले दिए यस्तो उजुरी

teacher-and-sindhupalchok-student-latterसिन्धुपाल्चोक, १२ फागुन । सिन्धुपाल्चोक इचोक गाविस स्थित महेन्द्र उच्च मावि सुपारीटारमा कार्यरत शिक्षकलाई कारबाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । विद्यालय समयमा विद्यार्थीले देख्ने गरी जंगलमा एक युवतीसँग यौन सम्बन्धमा रहेको देखेपछि विद्यार्थीहरुले प्रधानाध्यापकलाई समेत उजुरी गरेका छन् ।
गत माघ २७ गते दिनको २ः३० बजे इचोककै तिम्बु स्थित भार्के पुरानो झोलुंगे पुल नजिकै जंगलमा स्थानिय शिक्षक शंकर चापागाईं सोही गाविस वडा नम्बर ३ नयाँ बस्तिमा स्थायी घर भएकी एक महिलासँग यौन सम्बन्ध राखेको विद्यार्थीले देखेका थिए । ‘१० कक्षाको टेस्ट परिक्षा चलिरहेको थियो, हामीलाई विदा दिनु भएको थियो,’ एक विद्यार्थीले भनिन्,‘हाम्रो सर त एउटी महिलासँग अनैतिक क्रियाकलाप गरिरहनु भएको रहेछ ।’

आफ्नो शिक्षकलाई त्यो अवस्थामा देखेपछि विद्यार्थी भने डरले चिच्याएको उनीहरुको भनाई छ । विद्यार्थी चिच्याएपछि शिक्षक फरार भएका थिए । यता विद्यार्थी भने घरमा आएर परिवारलाई सुनाउन पुगेका थिए ।

‘हाम्रो परिवारमा आमा, बुवा लगायत साथीहरु लाई जानकारी गराएपछि हामीले हाम्रो स्कुलमा पनि लिखित रुपमै हाम्रो सर, प्र.अ. नेत्र प्रसाद भट्टराईलाई जानकारी गराउदै निज शिक्षक शंखर चापागाँईंलाई कारवाही को माग गरेका थियौँ ।’ ती विद्यार्थीले भनिन्,‘केही दिनपछि मिति २०७३-११-०६ गते स्कुलमा बेबस्थापन को बैठक बस्ने भएछ ।’

ती विद्यार्थीका अनुसार निवेदन गरेपछि शिक्षकले समेत उनीहरुलाई गालि गलौज गरेका थिए । ‘त्यो शंखर सर को बारेमा स्कुलमा हालेको निवेदन झिकेर ल्याउ अनि सर को बारेमा यस्तो कुरा भन्न हुदैन सर लाई एकपटक माफी दिनुपर्छ भन्दै कसैले सोधपुछ गर्योद भने बाटोमा हिनेको मात्रै देखेको हो भन नत्र राम्रो हुँदैन,’ शिक्षक नवराज गुरागाइंको भनाइ उदृत गर्दै ति विद्यार्थीले भनिन् ।

उनीहरुले आफूहरु समेत शिक्षकबाट सुरक्षित हुने अवस्था नभएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

शिक्षक भन्छन्,‘मेरो बदनाम भयो’
महेन्द्र उच्च माविका शिक्षक शंकर चापागाईंले आफ्नो बदनाम गरिएको आरोप लगाए । ‘मेरो बदनाम गरियो, मैले ती महिलालाई चिनेको छैन,’ ति शिक्षकले भने,‘ती महिलाले समेत होइन भनिसक्नु भएको छ, आवश्यक पर्छ भने म उहाँलाई पनि सम्पर्कमा ल्याउँन सक्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक