चूडामणिविरुद्धको भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 
 

 
४ साउन, काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई पूर्ण इजलासमा पठाएको छ ।

शर्मा पक्राउ परेपछि उनकी पत्नी कल्पना उप्रेती शर्माले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । सर्वोच्चले उनलाई अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै अख्तियारले विशेष अदालतमा १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर गर्‍यो ।तर, बुधबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले पूर्ण इजलासबाट मुद्दाको टुंगो नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।सर्वोच्चका प्रवक्ता महेद्रनाथ उपाध्यायले भने, ‘आदेशको पूर्ण पाठ आएको छैन भने पूर्ण इजलासबाट अर्को आदेश नहुँदासम्म विशेषमा रहेको मुद्दा यथास्थितिमा राख्नु भनिएको छ ।’इजलासले कर फर्छ्यौट आयोग न्यायिक, अर्धन्यायिक वा प्रशासनिक कुन निकाय हो भन्नेमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै पूर्ण इजलासबाटै निरोपण गनुपर्ने देखिएको ठहर गरेको छ ।

कल्पनाले आफ्नो श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । साथै भ्रष्टाचार मुद्दा चलाउन नपाइने उनको दाबी थियो ।Chudamani-Sharma

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको