चुनावले जोडिएका नेता, तराई मधेसमै वर्चस्व गुम्ने खतरा कारक

ja-768x417

पहिलो संविधानसभा (२०६४ साल) का बेला तराई मधेसलाई मात्रै केन्द्रित गरी खोलिएका दलहरूको संख्या धेरै थिएन । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी मात्रै मधेसी दल कहलिएका थिए । तर, दोस्रो संविधानसभा (२०७० साल) सम्म आइपुग्दा उपेन्द्र यादव र राजेन्द्र महतोले नेतृत्व गरेका पार्टी नै आपसमा छिन्नभिन्न भए । नेपाली कांग्रेस र एमालेबाट छुट्टिएकाहरूले पनि मधेस केन्द्रित पार्टी स्थापना गरे ।

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदासम्म संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसी दलहरूको संख्या झन्डै एक दर्जन थियो ।
सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन’ यस्तो बेला ल्यायो कि जुन बेला मुलुक संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचनमा होमिँदै थियो ।

यसबीच छिन्नभिन्न भएका मधेसी दलहरूले ६ महिना लामो नाकाबन्दीसहितको आन्दोलनमा कार्यगत एकता गरे पनि आपसमा जोडिन सकेका थिएनन् ।

स–साना दलमा विभाजित मधेसकेन्द्रित दल संविधानसभामा कमजोर बन्दा नयाँ संविधानमार्पत आप्नो एजेन्डा स्थापित गर्न सकेनन् ।
विगतबाट पाठ सिकेर हुनुपर्छ । यतिबेला छिन्नभिन्न मधेसकेन्द्रित दलहरूबीचको एकता प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐनका कारण नजिकिँदो स्थानीय तहको निर्वाचनमा तराई र मधेसमै वर्चस्व गुम्ने खतरा देखेका मधेसवादी दलहरू धमाधम एकता प्रक्रियामा जुटे ।
गत बिहीबार मात्रै ६ वटा मधेसी दलहरूबीच एकता गरिएको छ । एकतापछि ६ जना अध्यक्ष मात्रै एक ठाउँमा आएनन्, उनीहरूले तराई मधेस शब्द नै पार्टीमा नराखी नयाँ पार्टी गठन गरेका छन् । शुक्रबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्ने औपचारिक सहमति गरिएको छ । शुक्रबार पार्टी एकताका लागि उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सम्मिलित ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको छ र यी दुई पार्टीबीच पनि एकता निश्चित भएको छ । एकतामार्फत मधेसकेन्द्रित दलहरूले मधेस मोह छाडेको स्पष्ट सन्देश दिए ।

निर्वाचन आयोगमा दर्ता भइसकेको दलसँग मिल्ने नै किन नहोस् उनीहरूले मधेस तराईप्रतिको पुरानो मोह छाडे । ‘विगतमा लागेको मधेसको पार्टी मात्र भएको दाग मेटाउन पनि यी दलहरूले मुलुकको समग्र भूगोल सम्बोधन गर्न सक्ने गरी नाम राख्नुपर्ने चुनौती थियो । अब उनीहरूलाई मधेसी मात्रको दल र नेताको ट्याग लगाउन जरुरी छैन,’ एकता प्रक्रियालाई नजिकबाट बुझेका एक विश्लेषक भन्छन् । गत बिहीबार नै विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच एकता भएको छ । राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने