चीनबाट २८ टन स्वास्थ्य सामग्री बोकेर नेपाल उड्यो जहाज

काठमाडौं, जेठ १५ : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री बोकेर नेपाल वायु सेवा निगमको जहाज चीनकाे गोन्जाउबाट आज (बिहीबार) बिहान नेपालका लागि उडेको छ।

नेपाल एयरलाइन्सकाे एयरबस ए-३३० काेराेना परीक्षण गर्ने  किट, स्वास्थ्य सुरक्षा सामग्री पीपीई र काेभिड-१८ का लागि अत्यावश्यक अन्य स्वास्थ्य सामग्री लिएर बिहीबार बिहान ६ः३९ बजे चीनबाट काठमाडौंका लागि उडेको हो।

नेपाली सेनाले चीनमा २ अर्ब २६ करोडमा ६७ थरी स्वास्थ्य सामाग्री खरिद गरेको छ। सेनाले जहाजबाट अहिले दोस्रो लटमा सामग्री ल्याइरहेकाे हाे। तर स्थलमार्गबाट समेत गर्दा याे तेस्राेपटक हाे। 

पहिलाेपटक सेनाले तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने