चिनियाँ नेताले भने – ओली चीनको सच्चा मित्र

oli-chinaचीन, १८ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केहीप्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह एक विशेष कार्यक्रममाझ पुस्तक हस्तान्तरण गरिएको हो । विश्वविद्यालयमा लामो समयदेखि अध्यापन एवं अनुसन्धान गर्दै आएका नेपाली प्राध्यापक डाक्टर राजिवकुमार झाले नेपाली प्रतिनिधिको रुपमा विश्वविद्यालयका चिनियाँ कम्युनिष्ट पार्टी सचिव फान विङ्गलाई पुस्तक हस्तान्तरण गरे । पुस्तक हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु, कर्मचारी, पत्रकार, विद्यार्थीहरु एवं चिनिया कम्युनिष्ट पार्टी विश्वविद्यालयका प्रतिनिधीहरु गरी करिव एक सयजना व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा धारणा राख्दै विश्वविद्यालयका कम्युनिष्ट पार्टी सचिव फान विङ्गले नेपाल–चीन सम्वन्धलाई निकै सुमधुर बनाउन नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । ओली चीन र चिनियाँ जनताका सच्चा मित्र रहेको उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा धारणा राख्दै प्राध्यापक डाक्टर राजिवकुमार झाले नेपालका पूर्व प्रधानमन्त्री ओलीको पुस्तकलाई विश्वविद्यालयमा महत्वपूर्ण स्थान दिएर चीनले सम्पूर्ण नेपाली जनताको सम्मान गरेको बताए । नेपाली प्रधानमन्त्रीका पुस्तकलाई चीनले विश्वविद्यालयमा स्थान दिनु यो पहिलो अवसर भएको भन्दै उनले यसले पनि नेपाल सम्वन्धलाई चीनले उच्च महत्व दिएको स्पष्ट पारेको धारणा राखे ।

कार्यक्रम चलिरहेको समयमै पूर्वप्रधानमन्त्री ओलीले फोनमार्फत कार्यक्रम सफलताको शुभकामना दिएका थिए । ओलीले दुई पटक सीयान मेडिकल विश्वविद्यालयको भ्रमण गरिसकेका छन् ।

यसअघि पूर्वउपराष्ट्रपति परमानन्द झा सीयान मेडिकल विश्वविद्यालयको भ्रमणमा गई चीन–नेपाल रिसर्च सेन्टर अफ राजिवकुमार झाको उद्घाटन गरेका थिए । नेपालका मन्त्रीहरु एवं विभिन्न दल सम्वद्य सांसदहरुले पनि यस विश्वविद्यालयको भ्रमण गरेका छन् । विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापक डाक्टर झा चीनका एक सय मेधावी युवा बैज्ञानिकको सूचिमा रहेका छन् । विश्वविद्यालयले झाको सम्मानमा उनकै नामवाट डाक्टर राजिवकुमार झा रिसर्च सेन्टर नै स्थापना गरेको छ ।

काठमाडौं र सीयान सहरबीच भगिनी सम्वन्ध स्थापना भएको २० वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागीहरुले नेपाल–चीन सम्वन्धलाई नया आयाम दिन पूर्व प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने