April 1, 2017

गोरखामा यसरी भयो आचारसंहिता उल्लंघन

गोरखा – स्थानीय निर्वाचन आचारसंहिता २०७३ को उल्लंघन गर्दै सांसद, प्रजिअ तथा विभिन्न कार्यालयका प्रमुख सहभागी ४० जनाको जम्बो टोली सार्वजानिक कार्यक्रममा सहभागी भएका छन् ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

आचारसंहिता लागू भइसकेपछि सोको उल्लंघन गर्दै माओवादी केन्द्रबाट निर्वाचित सांसद छमबहादुर गुरुङ, प्रजिअ जितेन्द्र बस्नेत, एसपी जनकराज पाण्डेय, सहायक प्रजिअ केशव शर्मा, सशस्त्र प्रहरी बलका डिएसपी राजेन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका डिएसपी जितबहादुर घलेलगायत कार्यालयका प्रमुख आठ वटा गाडी रिजर्भ गरी धार्चे गाउँपालिकाअन्तर्गत गुम्दा, लाप्राकलगायत गाउँमा आयोजित सार्वजानिक कार्यक्रममा सहभागी भएका हुन् ।

स्थानीय निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ३ को दफा ७ को उपदफा-२ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहका कर्मचारीले कुनै पनि कार्यक्रम, योजनाको शिलान्यास, उद्घाटन, अनुगमन, अध्ययन वा सोका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न वा गराउन नपाइने उल्लेख छ तर केही सातादेखि चुनाव प्रचारप्रसारको कार्यक्रममा सरिक भइरहेका सांसद गुरुङ तथा सरकारी जम्बो टोलीले केयर नेपालले हालै गुम्दामा निर्माण सम्पन्न गरेको आलु संकलन, लाप्राकको सिस्नुपाउडर प्रवद्र्धन कार्यक्रम तथा अल्लोबाट विभिन्न बस्तु बनाउने कार्यक्रमको बिहीबार र शुक्रबार अनुगमन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने