November 14, 2021

गाडीको नम्बरमा नयाँ शैली चलेन

काठमाडौं ,कात्तिक २८, सवारीसाधनहरूको व्यवस्थापन गर्न सरकारले लागू गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटप्रति सवारी धनीको आकर्षण न्यून देखिएको छ । २५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य उद्देश्यका साथ शुरू भएको इम्बोस्ड नम्बर प्लेट चार वर्षको अवधिमा ८ हजारमात्र जडान भएको छ । हाल जडान गरिएको सामान्य प्लेटभन्दा धेरै महँगो भएका कारणले पनि नागरिकको चासो बढ्न नसकेको हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि गर्नुपर्ने आरएफआईडी (डिजिटल) गेट निर्माणको प्रक्रिया समेत अगाडि बढाएको छ ।

सरकारले सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थाले पनि सवारीधनीहरू इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित देखिएका छैनन् । यातायात व्यवस्था विभागले गत साउनदेखि साना तथा ठूला सबै प्रकारका सवारीसाधनको सामान्य नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेटमा रूपान्तरण गर्न थाले पनि सवारी धनी आकर्षित हुन नसकेका हुन् ।यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सर्वोच्च अदालतमा परेको मुद्दा र कोभिडको कारण अपेक्षाकृत रूपमा इम्बोस्ड नम्बर प्लेट लडानको काम अगाडि बढ्न नसकेको दाबी गरे । उनले नेपाल समाचारपत्रसँग भने– ‘हालसम्म ८ हजार नम्बर प्लेट जडान भएको छ, अबको साढे दुई वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारीमा छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)