क्रिकेटर ज्ञानेन्द्रलाई बालबालिकाको प्रश्न

annapurna-post-bat-ae-750x396दमौलीः दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् । मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो । ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले अन्नपूर्णसँग भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो लगाव पाएँ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

सधैं पत्रपत्रिकामा छापिएको तस्बिर र टेलिभिजनको पर्दामा देखिने आफ्ना क्रिकेट नायकलाई आफ्नै आँखाअगाडि देखेपछि त्यो सुनौलो अवसरलाई आदर्श विद्यागृहका बालबालिकाले खेर जान दिएनन् । उनीहरूले ज्ञानेन्द्रलाई क्रिकेटसँग सम्बन्धित एकपछि अर्को प्रश्न ओइर्‍याउन थाले । देशमा क्रिकेट खेलको भविष्यबारे संक्षिप्त मन्तव्य दिएपछि ज्ञानेन्द्र पनि बालबालिकाद्वारा अघि सारिएका प्रश्नको शान्तपूर्वक जबाफ दिन थाले ।

कक्षा ८ मा अध्ययनरत अनुप प्रधानले सोधे, ‘तपाईंलाई क्रिकेटले के दिएको छ रु ‘

यो प्रश्नको उत्तर दिनुअघि केहीबेर घोत्लिए ज्ञानेन्द्र । अनि मन्द मुस्कानसहित जबाफ फर्काए, ‘क्रिकेटबाट मैले धेरै कुरा पाएको छु ।’ उनले क्रिकेटमा लागेकै कारण नेपालमा आफूलाई धेरै सम्मान दिने गरिएको भन्दै यसले आफूलाई गौरवान्वित बनाएको प्रतिक्रिया दिए ।

‘तपाईंलाई परिवारको सहयोग कस्तो छ रु ‘ छात्रा शिला पाण्डेको प्रश्नको उत्तर दिँदा क्रिकेटर ज्ञानेन्द्रले आफ्नो विगत सम्झन पुगे । ‘सुरुमा त परिवारका सदस्यले पोजेटिभ रूपमा लिनुभएको थिएन तर अहिले भने उहाँहरूले पनि बुझ्नुभएको छ । यतिबेला परिवारबाट पनि निकै राम्रो साथ पाएको छु’, भविष्यप्रति निकै आशावादी देखिएका ज्ञानेन्द्रले अगाडि थपे, ‘नेपाली खेल क्षेत्रमा लाग्ने धेरैले सुरुआती समयमा सामना गर्नुपर्ने समस्या हो तर अहिले खेल क्षेत्रलाई पनि सकारात्मक आँखाले हेर्न थालिएको छ ।’करिब तीन सय क्रिकेटप्रेमी विद्यार्थीको अगाडि उभिएका ज्ञानेन्द्रसामु एकपछि अर्को दमदार प्रश्न बर्सने क्रम जारी थियो ।

‘तपाईंलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा कस्तो अनुभव भएको थियो रु ‘ कक्षा १० का रोहन गौतमले सोधे ।

यसको उत्तर दिँदा ज्ञानेन्द्रको अनुहारमा उत्साह झल्किएको थियो । ‘सुरुमा म निकै नर्भस थिएँ । ममाथि ठूलो जिम्मेवारी थियो । तर जब नेपाली धुन बज्न र दर्शकदीर्घामा राष्ट्रिय झन्डा लहरिन थाल्यो त्यसपछि मेरो हिम्मत पनि निकै बढेको थियो । मलाई त्यो क्षण निकै गर्वशाली लागेको थियो’, ज्ञानेन्द्रले जबाफ फर्काए ।

क्रिकेटबाट मैले धेरै कुरा पाएको छु । क्रिकेटकै कारण सम्मान पाएकोमा गौरवान्वित भएको छु । ज्ञानेन्द्र मल्ल, कप्तान
नाताले ज्ञानेन्द्रका मामा पर्ने हैरान्स युवा क्लबका सल्लाहकार मोहनकुमार श्रेष्ठले भान्जा घर आएको मौका पारी जिल्लाका बालबालिकासँग अन्तरसंवाद गर्ने अवसर जुराइदिएको भन्दै उनीहरूको चासोबाट आफू उत्साही भएको बताए । विद्यालयका प्रधानाध्यापक विपीन श्रेष्ठले बालबालिकाको क्रिकेटप्रतिको क्रेज बढी भएकाले उनीहरूको रुचिको क्षेत्रबारे जानकारी गराउन कार्यक्रम राखिएको बताए ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दन श्रेष्ठले बालबालिकाले निकै रुचिपूर्वक प्रश्नहरू राखेको भन्दै खेल क्षेत्रप्रति उनीहरूको उत्साहलाई यसले पुष्टि गरेको प्रतिक्रिया दिए । तनहुँ जिल्ला क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले ससाना उमेरका बालबालिकामा पनि क्रिकेटप्रति रुचि बढिरहेको बताए । एन प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विकले विद्यालय तहमा खेल क्षेत्रका गतिविधि र चासो बढ्नु सुखद भएको धारणा व्यक्त गरे ।
यसै महिनाको अन्त्यबाट बंगलादेशमा सुरु हुने एसियाली क्रिकेट काउन्सिल ९एसीसी० इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टोलीमा ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी पाएका छन् । यसअघि घरेलु मैदानमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्घको दुई खेलमा पनि ज्ञानेन्द्रले नै कप्तानको भूमिका निर्वाह गरेका थिए । वर्षाबाट प्रभावित केन्याविरुद्घको पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल दोस्रो खेलमा भने सात विकेटको फराकिलो अन्तरले विजयी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको