केशव स्थापित : केपी ओली म भन्दा पनि ‘भूत’ रहेछन्

keshav-stapit-shakya-shresविद्यासुन्दरको चुनावी सारथी बनेका काठमाडौंका पूर्व मेयर स्थापितले चुनावअघि आफूले तयार पारेको स्मार्ट सिटीको नक्सा अब महानगरको साझा सम्पत्ति भएको समेत बताएका छन् ।

निर्वाचनपूर्व उनले भनेकै थिए, ‘१८ देखि २० हजार मतले एमाले जित्नेछ ।’

उनी तिनै व्यक्ति हुन्, जसले अहिलेको भन्दा आधा मतदाता भएको ०५४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट ८३ हजार ८ सय मतका साथ जित हासिल गरेका थिए । त्यो बेला स्थापितले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनमोहन भट्टराईलाई उनले ४० हजारको फराकिलो अन्तरमा जितेका थिए ।

‘मान्छेहरुलाई परिणाममा एमाले फराकिलो भोटले जितेको सुन्न त रमाइलो भयो होला, तर यो परिणामका लागि कुन दुःख भयो, त्यो हामीलाई मात्र थाहा छ’, स्थापितले भने, ‘त्यसैले मलाई लागिरहेको छ, यत्तिका भोट ल्याएर विद्यासुन्दर हैन, म आफैँ जितिरहेको छु, आनन्द लागेको छ ।’

काठमाडौंमा एमालेले पाइलैपिच्छे चुनौती सामना गर्नुपरेको उनले सुनाए । पवित्र बज्राचार्य, सुभानकुमार श्रेष्ठजस्ता काठमाडौं एमालेका रैथाने हस्ती तथा विद्यासुन्दरका समकक्षी वडाध्यक्षहरु संघीय समाजवादीबाट चुनावमा उठेका थिए ।

स्थापितले भने-उनीहरु जहाँ-जहाँका बासिन्दा हुन्, एमालेको भोट बैंक त्यहीँ-त्यहीँ । त्यसमध्ये सुभानसँग खासै भोट थिएन । तर, हामीले त्यहाँभित्र धेरै मेहनत गर्नुपर्‍यो ।

संघीय र नयाँशक्तिका साझा उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौंबासीले पहिचान बुझ्न नसकेको भन्दै आफूले थोरै मत पाएकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर स्थापितले पवित्रले पाएको भोटप्रति आश्चर्य व्यक्त गरेका छन् ।

‘संगठनका दृष्टिले काठमाडौंमा एमाले अस्तव्यस्त छ भनिन्थ्यो । विगतको तुलनामा हेर्दो हो पनि रहेछ । तर, एमाले त गुटको कारणले मात्र यताउति भएको रहेछ, संगठनचाहिँ जहाँतहीँ उस्तै, उत्तिकै थियो’ उनले भने ।

एमालेले चुनावमा गुट बिर्सिएका कारण अहिलेको परिणाम सम्भव भएको उनले दाबी गरे । उनले भने, ‘शंकर पोखरेलसहित म, कृष्णगोपाल, जीवनराम श्रेष्ठ , सानु श्रेष्ठ, विद्यासुन्दर सबै एकैचोटि भोट माग्न हिँडेको देख्दा मान्छेहरुले चकित खाए । त्यसमाथि संघीय समाजवादीको केन्द्रीय सदस्य छोडेर सानुराजा शाक्य आइदिएपछि कुरा काट्नेहरुको मुखै बन्द ।’

काठमाडौंमा एमालेको बिगि्रएका केही ठाउँहरु बनाउँदै र नयाँ बनेका ठाउँहरु सुरक्षित गर्दै अघि बढ्ने रणनीति प्रयोग गरिएको उनले बताए । यी सबै कामका लागि पार्टी अध्यक्ष केपी ओलीको निरन्तरको चासो र जिज्ञासा मुख्य आधार बनेको उनले बताए ।

स्थापितले भने, ‘म आफूलाई चुनावको भूत मान्थेँ, रातदिन नभनी खट्ने । म भन्दा भूत त केपी कमरेड पो हुनुहुँदोरहेछ, बिहानै सोध्या छ, दिउँसै सोध्या छ, राति पनि सोध्या छ, सुत्ने बेलामा पनि ए केशव कहाँ भनेर फोन गर्न भ्याएकै छन् ।’

टेलिफोन कुराकानी भइरहँदा विजय सभामा जान हतारिएका उनले भने-अब हामीले गर्ने भनी घोषणा गरेका कामहरु योजनाबद्ध रुपमा हुन्छन् । सबै काममा म आफैँ पनि लागेर विद्यासुन्दरलाई सफल बनाउनुछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने