केपी ओली : विकास र समृद्धिका लागि एमाले बाहेक अर्काे शक्ति छैन

२३ कात्तिक, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि एमाले बाहेक कुनै विकल्प नभएको बताएका छन ।

PM-KP-Oli-Speaking-101211218बिहीबार काठमाडौमा नेपालको सवैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई एमालेमा समाहित गराउँदै ओलीले इतिहासका गौरवपूर्ण विरासत एमालेसँगै रहेको पनि बताए ।

उनले समृद्धिका लागि एमाले बाहेक अर्काे शक्ति नभएको बताउँदै एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प भएको बताए । एमाले अध्यक्ष ओलीले देशको हितमा काम गर्ने सरकार नभएकाले नेपाली नागरिक निसासिनु परेको बताए ।

भारतीय सीमाक्षेत्रमा अहिले एक महिनाअघि देखिका मालवाहक गाडी र ट्यांकर नेपालभित्रिन लाइन लागेर बसेको तर, त्यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसकेको बताए ।

अध्यक्ष ओलीले  मुलकभित्र आन्तरिक द्धन्द फैलाएर राष्ट्रिय एकता भाड्न खोज्ने तत्व हावी भएको भन्दै राष्ट्रिय एकताका लागी आफुहरु एकभएर अघि बढ्ने बताए । ओलीले प्रचारबाजीले सेलिब्रिटी बनाएका उम्मेदवार भन्दा विचारशील र योजना बोकेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने