‘कमल थापाले राजतन्त्रको नाममा गणतन्त्रको स्वाद लिइरहे’

५ साउन, काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बमले नयाँ गणतान्त्रिक संविधानलाई विखण्डनकारीको संज्ञा दिएका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा बमले यस्तो आरोप लगाएका हुन् ।

Bikram-Bamप्रमुख तीन दलका नेताहरुले मुलुक चलाउन नसक्ने बताउँदै अध्यक्ष बमले भने, ‘मुख्य तीन दलका नेताले यो मुलुक चलाउन सक्दैनन्, तीन दलको सिण्डिकेटले मुलुक भड्खालोमा जाक्किँदैछ, यो संविधानलाई तीन दल काँग्रेस, एमाले र माओवादीलेबाहेक अरु कसैले मानेका छैनन् ।

उनले अघि थपे, ‘हामी संवैधानीक राजतन्त्र र हिन्दुराज्यको पक्षमा छौं, ०४७ सालको संविधान अनुसार मुलुकलाई सुमार्गतिर लैजान सकिन्छ, होईन भने यो विखण्डनकारी संविधानले मुलुक विभाजनतिर जान्छ।’ उनले राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्रको नाममा गणतन्त्रको स्वाद लिइरहेको समेत आरोप लागाए ।

उनले भने, ‘कमल थापा सुरुमा राजतन्त्र र हिन्दुराज्यको मुद्धा उठाएर जनताको बीचमा गए, जनताले दिएको मतलाई उनले पद, शक्ति र सक्तासँग साटे, थापा जसको सरकार आएपनि सक्ताभन्दा बाहिर रहन नसक्ने भए, त्यहि भएर पनि आज राप्रपाका अधिकांश कार्यकर्ता पार्टी छोड्दैछन,् त्यस्तै डा.प्रकाशचन्द्र लोहनी राप्रपामा टिक्न नसकेर बाहिरिएका छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने