March 18, 2017

ओलीले यसरी बाँडे विकासको सपना

kp-sharma-oli-300x193

चैत ५, सुर्खेत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्वमा सरकार बनेपछि देशमा विकासको आँधीबेहरी ल्याउने दाबी गरेका छन् ।

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत शनिबार सुर्खेतमा अन्तिम सभालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार आएपछि देशलाई विकासतर्फ लम्काउने बताए ।

‘एमालेले यो बजेट पेश गर्न त पाउँदैन, अर्को वर्ष अवश्य पाउने छ’, ओलीले भने, ‘त्यसपछि जनताको पक्षमा बजेट ल्याएर देश बनाउनतिर लाग्नेछौं ।’

सम्बोधनको अधिकांश समय विकासको सपना बाँडेका ओलीले एमालेको सरकार आएपछि पर्यटकीय क्षेत्र रारा जान पक्की बाटो बनाउनुका साथै बझाङको चैनपुर हुँदै ताक्लाकोटबाट चीन जाने सडक पनि पक्की बनाउने उद्घोष गरे ।

यस्तै उनले युवादेखि बृद्धबृद्धासम्मको हित हुने र समग्र देशविकासको खाकासहितको बजेट आफ्नो पार्टीले ल्याउने उनले बताए ।

उनले कांग्रेस पटक पटक सरकारमा सहभागि भएको तथा दुई पटक सम्म बहुमत ल्याएको भएपनि विकास केहि नगरेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले ४८ र ५६ को चुनावमा बहुमत ल्यायो । तर उसलाई सत्ता बाँदरको हातमा नरिवल भएजस्तो भयो ।’

कांग्रेसको बुद्धीमा चस्मा लगाउन नमिल्ने भन्दै उनले आँखामा लगाएर बुद्धि नआउने भन्दै कांग्रेसप्रति कटाक्ष गरे ।

एमाले अभियानको औपचारिक रुपमा शुक्रबार कञ्चनपुरमा समापन गरिएको भएपनि अभियानले प्रदेश नम्बर ६ लाई नछोएको कारण सुर्खेतमा पनि सभा गरिएको हो । सभामा ६ नम्बर प्रदशेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने