ओलीलाई आफ्नै सांसदको ‘झापड’ !

KP-oli-202922614

२४ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तिखो वचन बोल्नका लागि माहिर मानिन्छन् । हिजो मंगलबार प्रधानमन्त्रीको निर्वाचन अघि पनि ओलीले आफ्नो दलको राम्रो कामभन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल उनका काम, भरतपुरको मतगणनाको विवाद, कांग्रेस सभापति शेरबहादुर देउवालाई उडाउनमैं केन्द्रित भए । डेढ घन्टाको उनको भाषण अरुको उतार्नी गर्दैमा बित्यो । लोकतन्त्र, प्रजातन्त्र र कानुनी शासनको राज उनले राम्रै गरी पढाए । उनको यस्तो पाठलाई सुरुदेखि नै नोट गरेर बसेका शेरबहादुर देउवाले थोरै र प्रचण्डले राम्रैसँग जवाफ पनि दिए ।

ओलीले आदर्श, सिद्धान्त, लोकतन्त्रको दाबी निरन्तर गरे पनि उनकै सांसदले उनको भनाई र गराईमा ‘झापड’ हानिदिए । प्रधानमन्त्रीका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिए पनि एमालेले उम्मेदवारी दिएर विपक्षको बल देखाउन सकेन । अर्कोतिर संसदमा भएका आफ्ना १८१ नै सांसदलाईसमेत ओलीले उतार्न सकेनन् । आफ्नो मात्र होइन माले, नेपकिपा र जनमोर्चा आफ्नो साथमा रहेको दाबी गरेका ओलीले यी सबैको मत विपक्षमा खसाल्न सकेनन् ।

संसदमा १८१ सिट रहे पनि ५५८ मत खस्दा देउवाको पक्षमा ३८८ मत खस्यो यो खसेको मतको दुई तिहाई हो । तर, एकछिन अघि निक्कै चर्को भाषण गरेका ओलीलाई आफ्नै १८१ सांसदको समेत साथ रहेन । ओलीको भाषणलाई झापु हान्दै विपक्षमा जम्मा १७१ मत मात्र खस्यो । यो एमालेको कूल मतभन्दा पनि ११ कम हो । खसेको मतमा विपक्षी माले, जनमोर्चासहितको पनि मत छ । यस्तोमा एमालेका दुई दर्जन बढी सांसदले ओलीलाई नमिठो झट्का दिएका हुन् ।

आफ्नै सांसदलेसमेत भोट नहालेपछि ओलीलाई के भएको होला ? सायद उनले कुनै दिन यो विषयमा पनि बोल्नेछन् । आफ्नो सांसद संख्याभन्दा कम मत देउवाविरुद्ध खसेपछि ओली दुई तिहाईले निर्वाचित देउवालाई बधाई पनि नदिइकन बाहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने