१४ अषाढ, ओखलढुंगा–ओखलढुंगामा अहिले धमाधम मतदान भैरहको छ । दिउसो २ः३० बजे सम्मको अवधिमा ६२ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुंगामा सौहार्दपुर्ण रुपमा निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकारी चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।
बिहान जिल्लाका केहि मतदान स्थलमा सामान्य बिवाद भएको भएपनि अहिले भने सामान्य अवस्थामा मतदान भैरहको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए ।
जिल्लामा निर्वाचन लक्षित सुरक्षा सर्तकता समेत चुस्त रहेको ओखलढुंगा प्रहरी प्रमुख मिलन केसीले बताए ।
ओखलढुंगामा ३ सय ९१ पदका लागी १ हजार २ सय ८२ प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहका छन् । अहिले ७८ स्थानको १ सय २७ मतदान केन्द्रबाट मतदान भैरहेको छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा २३ वटा स्थानबाट मतदान भैरहको छ ।
त्यस्तै मोलुङ गाउपालिकामा १४,खिजिदेम्बा गाउपालिकामा १३ र लिखु गाउपालिकामा १४,चिसंखुगढि गाउपालिमा १५ ,सुनकोशि गाउपालिकामा १७ र मनेभञ्ज्याङ गाउपालीकामा १६ स्थानबाट निर्वाचन भैरहको छ ।
सिद्धिचरण नगरपालिकाबाट १६ हजार १ सय ८२ जना मतदाताले मतदान गरिरहेका छन् । त्यस्तै खिजिदेम्बा गाउपालिकाबाट ९ हजार ५ सय ८१ र लिखु गाउपालिकाबाट १० हजार ५ सय ९६ , मानेभञ्ज्याङ गाउपालिकाबाट १२ हजार २५,चिशंखुगढि गाउपालिकाबाट ९ हजार ५ सय ४७ , चम्पादेबिबाट ११ हजार ५ सय ३१ ,सुनकोशीबाट ११ हजार ८ सय ६५ र मोलुङ गाउपालिकाबाट १० हजार १ सय ८१ जना मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने