March 18, 2017

एसएसपी र व्यापारी छुटे, सुन बोक्ने भरिया जेलमै

चैत ५ ,काठमाडौं – ३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १ १ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ ।
विमानस्थलमा सेटिङ मिलाएर सुन अवैध रुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ ।

अवैध सुन किन्ने व्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ ।

सुन ल्याउने भरियालाई भने अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ । धरौटी मागेकाहरु शुक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने