एमाले बैठकको माग- जसरी पनि जेठभित्र चुनाव

CPN-UML-Flagभक्तपुर, ३ फागुन । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी समिति बैठकले वैशाख जेठभित्र नै स्थानीय तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नेकपा  एमाले ले २०७४ मङ्सिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता योगेश भट्टराईले भने–’बैठकमा संविधानले तोकेकै समयभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने भन्नेमा बृहत् छलफल भयो, आगामी वैशाख जेठमा स्थानीय तहको निर्वाचन र मङ्सिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

निर्वाचनका लागि आवश्यक कानुनी र राजनीतिक वातावरण बनाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ । निर्वाचनका लागि सबैसँग वार्ता र संवाद अगाडि बढाउनुपर्नेमा बैठकमा छलफल भएको बताउँदै उहाँले मधेसी मोर्चासँग पार्टीका तर्फबाट एमालेका विभिन्न नेताले पछिल्लो समयमा भइरहेको छलफल र वार्तालाई प्रभावकारी एवम् उपयोगी ढङ्गले अगाडि बढाउने भएको छ ।

प्रवक्ता भट्टराईले देशलाई निकास दिन विभिन्न दलसँगको वार्ता र छलफललाई अगाडि बढाउँदै जानुपर्ने बारेमा बृहत् छलफल भएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीरताका साथ छलफल भएको बताउँदै उनले देशको समस्या समाधानका लागि सबै दलसँगै नै अगाडि बढ्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए । देशको वर्तमान समस्या समाधानका लागि एमालेले सबै दललाई सँगै लिएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा फागुन १४ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमा गर्न बैठकले माग गरेको छ । साथै नेपाल पत्रकार महासङ्घको अधिवेशन गर्न रोक लगाउने उद्देश्यले भएको तालाबन्दीलाई समेत पार्टीले गम्भीर रुपमा लिएको छ ।

उनले भने–’स्ववियु निर्वाचनलाई लिएर अहिले विभिन्न किसिमका आगजनी, तालाबन्दी गर्ने खालका अराजक गतिविधि भएका छन्, त्यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ, सरकार तथा सम्बन्धित पक्षलाई समयमै स्ववियु निर्वाचन गर्न बैठकले ध्यानाकर्षण गरेको छ ।’

यस्ता गतिविधिलाई एमालेले देशमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रका रुपमा लिएको ठहर गर्दै त्यस्ता निर्वाचनको सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले भोलि दिउँसो १ बजेदखिे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने पार्टीको पोलिटब्यूरो बैठकको एजेन्डा पारित गरेको छ । बैठकमा पार्टी अध्यक्षको प्रतिवेदन तथा पार्टीको आन्तरिक अवस्था, देशको पछिल्लो राजनीतिक अवस्था, मेची, महकाली अभियान, निर्वाचन लगायतका विषयको एजेन्डा निर्धारण गरेको छ ।

एमालेले आगामी फागुन २१ गतेदेखि गर्ने मेची महाकाली राष्ट्रिय जनअभियानलाई अनुमोदन गर्दै सशक्त पार्ने निर्णय गरेको छ । सो कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको र त्यसका लागि पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसङ्गठनहरु र आम समुदायलाई हार्दिक अपिल गरेको छ ।

तराई मधेसका सबै जिल्लामा उक्त अभियान अगाडि बढाउने फागुन २१ गतेदेखि सुरु हुने एमालेको मेची महाकाली अभियानमा पार्टीले गर्ने आमसभा, ¥याली, पार्टी प्रवेश, ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमलाई बैठकले अनुमोदन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, भीम रावल, अमृत बोहरा, ईश्वर पोखरेललगायतका स्थायी कमिटीका अधिकांश नेताको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक