एमालेसँग यसरी जुटेको थियो सहमति : यस्तो छ भित्री कुरा

१४ वैशाख ,काठमाडौं । स्थानीय विकास मन्त्रालयले ११ जिल्लामा गरेको पत्राचारमा आपत्ति जनाएको एमालेसँग सत्ता पक्षले सहमतिका आधारमै नयाँ निर्णयमा पुगिने प्रतिबद्धता गरेपछि दुई दिनयता अवरुद्ध संसद् बैठक बुधबार बेलुकीबाट खुलेको छ । एमालेले स्थानीय तहको संख्या थप्न जिल्लामा गरिएको पत्राचार फिर्ता नलिएसम्म संसद् चल्नै नदिने अडान लिएको थियो ।

 माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले स्थानीय तहको संख्या थप गर्न अहिले मन्त्रालयले पठाएको पत्र फिर्ता लिने र एमालेसहित मधेसी मोर्चासँग छलफल गरी नयाँ निर्णयमा पुग्ने गरी सहमति खोजिएको बताए ।

 

‘स्थानीय विकास मन्त्रालयले पठाएको पत्र फिर्ता लिने र एमाले, मोर्चा सबैसाग पुनः छलफल गरी नयाँ निर्णयमा पुग्ने गरी एउटा समझदारी निकालिएको छ,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘सोही आधारमा संसद् बैठक चल्न दिन एमाले तयार भएको हो ।’

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि अब सत्तापक्षले प्रतिपक्षको सल्लाहविना कुनै निर्णय नलिने प्रतिबद्धता गरेपछि संसद् खुलाउन आफूहरू तयार भएको बताए । ‘विपक्षीको जानकारीविना पठाएको पत्र फिर्ता लिने, अब के गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षीको सहमतिविना केही नगर्ने सत्तापक्षले सहमति गरेपछि संसद् खुल्न दिएका हौँ,’ ढकालले नयाँ पत्रिकासँग भने ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने