एमालेले २ सय ४० निर्वाचन क्षेत्र स्वीकार नगर्ने

मधेसवादी दलसँग वार्ता जारी राख्ने

साउन १, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले राखेको २ सय ४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । 

cpnuml_zAZjIz2ci5

संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेले जोड दिएको छ । तत्काल आयोग गठन गरी निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

मधेसवादी दलसँग वार्ता जारी राख्ने

एमालेले मधेसवादी दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ । एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

मधेसवादी दलसँग परिणाममुखी वार्ता भएपछि सार्वजनिक गरिने पनि नेता भट्टराईले बताए । 

जनप्रतिनिधिलाई प्रशिक्षण

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षणा दिने भएको छ । ६ प्रदेशकै जनप्रतिनिधिहरुलाई यहि साउन भित्र प्रशिक्षण दिने निर्णय गरेको हो । प्रशिक्षणको समय भने प्रदेशको अनुकुलतामा गरिने जनाइएको छ । 

मतदाता संकलनमा लाग्न निर्देशन

एमाले स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनका लागि आइतबारबाट शुरु गरिएको मतदाता संकलनको काममा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ । 

यस्तै, तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशमा पनि सक्रिय भई खट्न एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ । 

अधिवेशनको ढोका खुला 

एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशनका लागि ढोका खुला गरेको छ । आगामी निर्वाचनअघि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने